मुम्बई । बलिवुड अभिनेता ऋषि कपुर क्यान्सर रोगको सफल उपचार पछि मुम्बई फर्किएका छन् ।
अमेरिकामा क्यान्सर रोगको उपचार गराएर अभिनेता ऋषि कपुर बुधबार मुम्बई फर्किएका हुन् । ऋषि कपुर ११ महिना ११ दिनपछि मुम्बई फर्किएका हुन् ।
सोनाली बेंद्रे, मनिषा कोइराला, क्रिकेटर युवराज सिंह जस्ता हाइप्रोफाइल सेलिब्रेटी पछि ६७ बर्षिय अभिनेता ऋषि कपुर क्यान्सरको उपचार गर्न सफल भएका छन् ।
यस अघि ऋषि कपुरले केहि साता अघि एक अन्तर्वार्तामा उपचारको क्रमको अनुभाव बताउदै ऋषि कपुरले चार महिनामा २६ किलो वजन घटेको र यस क्रममा आफुलाई भोक नलागेको बताएका छन् । अहिले भने विस्तारै वजन बढ्न थालेको बताएका थिए ।
मुम्बई फर्किएपछि २ साताको आराम गरेर उनी फेरी फिल्ममा फर्किने भएका छन् । उनले एक बर्ष अघि शुटिंग गर्दा गर्दै छोडेको फिल्म 'द बडी' को शुटिंग पुरा गर्ने बताइएको छ । यस फिल्ममा इमरान हासमी र शोभिता धुलिपलाले अभिनय गरेका छन् ।
त्यसपछि उनले सन्जय दत्तको फिल्म 'पण्डित गालीका अली' नामको फिल्म गर्ने बताइएको छ ।