मुक्तिनाथ विकास बैंक र रुपाकोट रिसोर्टबीच सहकार्य

खरीबोट

काठमाडौँ । मुक्तिनाथ विकास बैंक र रुपाकोट रिसोर्ट, पोखरा कास्कीबीच एक सम्झौता भएको छ ।

उक्त सम्झौता बमोजिम मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्ड भएका सबै ग्राहकहरुले उक्त रुपाकोट रिसोर्टका विभिन्न सेवा सुविधामा १५% सम्मको विशेष छुट दिने व्यवस्था भएको छ । 

उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट बजारीकरण विभागका विभागीय प्रमुख बसन्त बक्सी र रुपाकोट रिसोर्टको तर्फबाट बिक्री प्रबन्धक पियुस लामाले हस्ताक्षर गरेका छन् । यस सुविधाबाट बैंकका सेवाग्राहीहरुलाई थप लाभ हुने अपेक्षा गरिएको छ । 

हालै मात्र मुक्तिनाथ विकास बैंकको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भाद्र ०१, २०७६ देखि कार्तिक ३० गतेसम्म लागूहुने गरी रेमिट्यान्स (विप्रेशण) केन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसंग खुसीको वहार’ अभियान सञ्चालन गरेको बैंकका प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङ्गले बताए । 
 
 

सम्बन्धित समाचार

मुक्तिनाथ विकास बैंक र नेपाल रेमिटबीच सहकार्य

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि. र नेपाल रेमिट बीच सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम नेपाल रेमिटमा आएको रकम मुक्तिनाथ रेमिटको करिब ४००० एजेण्टबाट सजिलै भुक्तानी गर्न सकिनेछ । उक्त

मुक्तिनाथ विकास बैंक र काठमाडौं ज्वेलरी, देव कर्नरबीच सहकार्य

काठमाडौँ । मुक्तिनाथ विकास बैंक र काठमाडौं ज्वेलरी (केजे) देव कर्नर, काठमाडौंबीच सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्ड भएका सबै ग्राहकहरुले उक्त के.जे. देव

मुक्तिनाथ विकास बैंकद्धारा टरौली सामुदायिक पुस्तकालयलाई सहयोग

काठमाडौँ । मुक्तिनाथ विकास बैक लि.ले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत चितवन जिल्ला रत्ननगर नगरपालिका वडा नं ५ स्थीत टरौली सामुदायिक पुस्तकालयलाई पुस्तकालय भवन निमार्णका लागि वित्तिय सहयोग स्वरुप ३०

मुक्तिनाथ विकास बैंकद्धारा बाढीपीडितलाई सहयोग 

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत भाद्र ३१ गते भएको भारी वर्षाका कारण आएको बाढीबाट प्रभावित क्षेत्र सिराहाको मिर्चैया नगरपालिका वडा नं ६, मुसहर वस्तीका पीडितहरुलाई


z