• २०८१ बैशाख ५ बुधबार

डेंगुको महामारी बारे संसदलाई जानकारी गराउन सरकारलाई रुलिङ

kharibot

काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले डेंगु रोगको महामारीका विषयमा संसदलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा सभामुख महराले डेंगु रोगका विषयमा संसदमा पटक पटक आवाज उठेको भन्दै यस विषयमा संसदलाई जानकारी गराउन स्वास्थ्मन्त्री र सरकारलाई निर्देशन दिएका हुन् ।

केही दिनदेखि सांसदहरुले संसदमा निरन्तर रुपमा डेंगु रोगका विषयमा प्रश्न उठाइरहेका छन् ।

डेंगुबाट अहिलेसम्म देशभरमा ६ जनाको मृत्यु भएको र ५ हजार एक सय डेंगु संक्रमणमा परेको स्वास्थ्य मन्त्रलायले जानकारी दिएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै