'बाँचेकै छु जसो तसो’ गीतको म्युजिक भिडियो सार्वजनिक 

खरीबोट

काठमाडौँ । इलाम, सुम्वेक घर भई हाल रोजगारीको सिलसिलामा दक्षिण-कोरियामा रहेका लिला खतिवडाको शब्दमा ‘बाँचेकैछु जसो तसो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएकोको छ ।

संगीतकार निर्मल दियालीको संगीत रहेको यस गीतमा गोपाल रसाइलीले संगीत एरेन्ज गरेका छन् भने यस वर्षको रेडियो नेपालको आधुनिक गीत प्रतियोगितामा दोस्रो भएका बेनुप छेत्री को स्वर रहेको छ । 

विशेष गरी माया, प्रेम, विछोड जस्ता भावनात्मक कुराहरुलाई मार्मिक ढंगले समावेश गीतको  भिडिओमा ऋचा थापा , सुमन खतिवडा र अमर दिपलाई अभिनय गराइएको छ ।

किर्तिपुरको चोभार साथै दरबार मार्ग क्षेत्रका रमणीय स्थानहरुमा छायांकन गरिएको भिडियोमा युवराज वाइवाले भिडियोलाई निर्देशन गरेका छन् भने उत्सब दाहालको छायांकन रहेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् । 

यस गीतको म्युजिक भिडियोलाई सर्जक लिला खतिवडाले आफ्नै युट्युव च्यानल लिला खतिवडाबाट सार्वजनिक गरेका छन् । 

बाँचेकैछु जसो तसो’ बोलको गीतको म्युजिक भिडियो :

सम्बन्धित समाचार

'बाँचेकै छु जसो तसो’ गीतको म्युजिक भिडियो सार्वजनिक 

काठमाडौँ । इलाम, सुम्वेक घर भई हाल रोजगारीको सिलसिलामा दक्षिण-कोरियामा रहेका लिला खतिवडाको शब्दमा ‘बाँचेकैछु जसो तसो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएकोको छ । संगीतकार निर्मल दियालीको संगीत रहेको यस

पल र आँचलको ‘नाचौँ छम छम’  गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ । चर्चित जोडि नायक पल शाह र नायिका आँचल शर्माको अभिनय तथा नृत्य रहेको ''नाचौँ छम छम''  बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । चर्चित संगीतकार कमल अधिकारी तथा

जीवन थापाको म्युजिक भिडियो 'कहाँ मैले गल्ती गरेछु' बजारमा  

काठमाडौं । जीवन थापा अभिनित  म्युजिक भिडियो “कहाँ मैले  गल्ती गरेछु” बजारमा  आएको छ ।   गणेश उपाध्यायको निर्देशनमा दीपक वान्तवा राईको  शब्द, संगीत तथा स्वर रहेको उक्त भिडियोमा  कलाकार जीवन

छातीभरि देश बोकेर साहित्यकार महेश पौड्याल सगरसम्म लम्किदै

काठमाडौँ। केही समय अघि मात्रै गायक सुनिल मगरको स्वरमा ‘छातीभरि देश बोकि’ बोलको देशभक्तिपूर्ण गीत सार्वजनिक गरेर संगीत क्षेत्रमा चर्चा बटुलेका साहित्यकार महेश पौड्यालले आफ्नै शब्दमा रहेको नयाँ गीत ‘सगरसम्म लम्क’को


z