काँग्रेसका सांसदले मागे स्वास्थ्यमन्त्रीको राजीनामा  

खरीबोट

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा नेपाली काँग्रेसका सांसदले स्वास्थ्यमन्त्रीको राजीनामा मागेका छन् ।

संसद्को विशेष समयमा बोल्दै काँग्रेसका सांसद संजय गौतमले डेंगुको रोकथाममा सरकार असफल भएको भन्दै स्वास्थ्यमन्त्री उपेन्द्र यादवको राजीनामा मागेका हुन् ।

सांसद गौतमले भने,'मुलुक डेंगुको महामारीले आक्रान्त छ, संकटकाल घोषणा गर्नुपर्ने बेला भैसक्यो सरकार कुम्भकर्णको निन्द्रामा सुतेर बसेको छ, यति ठुलो विरोध हुदा सरकारका मन्त्री कँहा हुनुहुन्छ । अहिले रुलिङ गरेर मात्र हुदैन । सत्ता पक्षका सांसदहरुले विरोध गरेर मात्र हुदैन । झारा टार्ने काम मात्र ब्गरेर पुग्दैन । त्यसैले जोडदारसँग स्वास्थ्यमन्त्रीको राजीनामा माग गर्दछु । सरकार अमुक दर्शक बनेर बस्न मिल्दैन । तत्काल संकटकाल घोषणा गरेर अगाडी बढ्नु पर्छ ।'

सांसद गौतमले मन्त्रीदेखि डाक्टरसम्म डेंगुको चपेटामा परेको भन्दै यस्तो महामारी हुदापनि सरकार मौन रहेकोमा आपत्ति जनाउदै मन्त्रीको राजीनामा माग गरेका थिए ।     
 

सम्बन्धित समाचार

एनसेल प्रकरण संसद्ले छानबिन गर्नुपर्छ : अध्यक्ष थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले एनसेल करछली प्रकरणले आर्थिक रूपमा देशलाई ठूलो नोक्सान पु¥याएकाले संसद्ले छानबिन गर्नुपर्ने बताएका छन् ।  रिपोर्टर्स क्लबले आज राजधानीमा आयोजना गरेको अन्तक्र्रियामा

एनसेल प्रकरण संसद्ले छानबिन गर्नुपर्छ : अध्यक्ष थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले एनसेल करछली प्रकरणले आर्थिक रूपमा देशलाई ठूलो नोक्सान पु¥याएकाले संसद्ले छानबिन गर्नुपर्ने बताएका छन् ।  रिपोर्टर्स क्लबले आज राजधानीमा आयोजना गरेको अन्तक्र्रियामा

यस्तो बन्दै छ सङ्घीय संसद् भवन

काठमाडौँ । विगत एक दशकदेखि भाडामा बस्दै आएको सङ्घीय संसद् अबको तीन वर्षमा आफ्नै भवनमा बस्ने भएको छ ।  सिंहदरवार परिसर पुतली बगैचामा बन्ने उक्त भवनको आज प्रधानमन्त्री केपी शर्मा ओलीले

सरकारको प्रतिबद्धतापछि संसदको अवरोध हट्यो 

काठमाडौं । बाँके घटनामा अवरुद्ध प्रतिनिधि सभाको बैठकको अवरोध हटेको छ । सरकारले बाँके घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएपछि अवरोध हटेको हो । प्रतिनिधि सभाको आजको बैठक आजपनि शुरुमा


z