• २०८१ बैशाख ७ शुक्रबार

काँग्रेसका सांसदले मागे स्वास्थ्यमन्त्रीको राजीनामा  

kharibot

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा नेपाली काँग्रेसका सांसदले स्वास्थ्यमन्त्रीको राजीनामा मागेका छन् ।

संसद्को विशेष समयमा बोल्दै काँग्रेसका सांसद संजय गौतमले डेंगुको रोकथाममा सरकार असफल भएको भन्दै स्वास्थ्यमन्त्री उपेन्द्र यादवको राजीनामा मागेका हुन् ।

सांसद गौतमले भने,'मुलुक डेंगुको महामारीले आक्रान्त छ, संकटकाल घोषणा गर्नुपर्ने बेला भैसक्यो सरकार कुम्भकर्णको निन्द्रामा सुतेर बसेको छ, यति ठुलो विरोध हुदा सरकारका मन्त्री कँहा हुनुहुन्छ । अहिले रुलिङ गरेर मात्र हुदैन । सत्ता पक्षका सांसदहरुले विरोध गरेर मात्र हुदैन । झारा टार्ने काम मात्र ब्गरेर पुग्दैन । त्यसैले जोडदारसँग स्वास्थ्यमन्त्रीको राजीनामा माग गर्दछु । सरकार अमुक दर्शक बनेर बस्न मिल्दैन । तत्काल संकटकाल घोषणा गरेर अगाडी बढ्नु पर्छ ।'

सांसद गौतमले मन्त्रीदेखि डाक्टरसम्म डेंगुको चपेटामा परेको भन्दै यस्तो महामारी हुदापनि सरकार मौन रहेकोमा आपत्ति जनाउदै मन्त्रीको राजीनामा माग गरेका थिए ।     
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै