• २०८१ बैशाख ८ शनिबार

सत्तारुढ दलकै सांसदको सरकारलाई प्रश्न : अमेरिकाले स्पष्टिकरण सोधेको हो ? 

kharibot

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीकी सांसद पम्फा भुसालले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटमा गरेको कुराकानीको विषयलाई लिएर अमेरिकी राजदूतावासले स्पष्टीकरण सोधेको भन्ने विषयमा सरकारको जवाफ मागेकी छन् ।

बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद भुसालले पूर्वप्रधानमन्त्री नेकपा अध्यक्ष प्रचण्डले चिनियाँ विदेशमन्त्रीलाई भेटेर नेपाल एक चीन नीतिको पक्षमा भएको र अहिले चर्चामा रहेको इन्डो प्यासिफिक रणनीतिमा आवद्ध छैन भनेको विषयमा अमेरिकी दूतावासले स्पष्टीकरण मागेको भन्ने विषय बाहिर आएको बताउदै यस बारेमा जानकारी दिन सरकारलाई आग्रह गरिन् ।

साथै सांसद भुसालले आउँदो नोभेम्बर ४ देखि १५ सम्म नेपालको सशस्त्र प्रहरीले र अमेरिकी सेनासँग दुईवटा प्रशिक्षण गर्ने भनी अमेरिकाले पत्र पठाएको बताउदै सो कार्यक्रम रद्ध गर्न समेत माग गरेकी छन् ।

भुसालले नोभेम्बर ४ देखि १५ मा नेपाली सशस्त्र प्रहरीसँग अमेरिकी सेनाले दुईवटा प्रशिक्षण कार्यक्रम गर्ने प्रस्तावसहित अमेरिकाले नेपाल सरकारलाई पत्र लेखेको बताउदै एउटा हाइअल्टिच्युड प्रशिक्षण अन्नपूर्ण क्षेत्रमा र अर्को स्वीफ्ट वाटरसम्बन्धी प्रशिक्षण चितवनको कुरिनटारमा गर्ने अमेरिकाले गरेको बताइन् ।

सांसद भुसालले इन्डोप्यासिफिक रणनीति विवादास्पद रहेको बताउदै त्यस प्रकारको ज्वाइन्ट प्रशिक्षण नगरियोस् भनेर म सरकारको ध्यानाकर्षण गराएकी थिइन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै