• २०८१ बैशाख ७ शुक्रबार

अन्डर १९ एशिया कपको फाइनलमा भारत र बंगलादेश 

kharibot

काठमाडौँ । श्रीलंकामा जारी अन्डर-१९ एशिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत आजका दुवै सेमिफाइनल खेल बर्षाका कारण हुन सकेनन् ।

बर्षाले खेल नभएपछि समुह चरणको प्रदर्शनको आधारमा भारत र बंगलादेश फाइनल पुगेका छन् ।

आज हुनुपर्ने भारत र श्रीलंका तथा बंगलादेश र अफगानिस्तानबीचको सेमिफाइनल खेल नभएपछि हेड टू हेडका आधारमा भारत र बंगलादेश फाइनलमा पुगेका हुन् ।

त्यस्तै घरेलु टिम श्रीलंका र अफगानिस्तान सेमिफाइनलको खेल खेल्न नपाई प्रतियोगिताबाट बाहिरिएका छन् ।

अब फाइनल खेल भारत र बंगलादेशबीच आगामी शनिबार हुने छ ।

यस प्रतियोगितामा भाग लिएको नेपाली अन्डर १९ टिम समुह चरणमा युएईविरुद्ध मात्र जित दर्ता गर्दै समुह चरणबाटै बाहिरिएर स्वदेश फर्किएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै