अन्डर १९ एशिया कपको फाइनलमा भारत र बंगलादेश 

खरीबोट

काठमाडौँ । श्रीलंकामा जारी अन्डर-१९ एशिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत आजका दुवै सेमिफाइनल खेल बर्षाका कारण हुन सकेनन् ।

बर्षाले खेल नभएपछि समुह चरणको प्रदर्शनको आधारमा भारत र बंगलादेश फाइनल पुगेका छन् ।

आज हुनुपर्ने भारत र श्रीलंका तथा बंगलादेश र अफगानिस्तानबीचको सेमिफाइनल खेल नभएपछि हेड टू हेडका आधारमा भारत र बंगलादेश फाइनलमा पुगेका हुन् ।

त्यस्तै घरेलु टिम श्रीलंका र अफगानिस्तान सेमिफाइनलको खेल खेल्न नपाई प्रतियोगिताबाट बाहिरिएका छन् ।

अब फाइनल खेल भारत र बंगलादेशबीच आगामी शनिबार हुने छ ।

यस प्रतियोगितामा भाग लिएको नेपाली अन्डर १९ टिम समुह चरणमा युएईविरुद्ध मात्र जित दर्ता गर्दै समुह चरणबाटै बाहिरिएर स्वदेश फर्किएको छ ।

सम्बन्धित समाचार

नेपाली युवा टिम भारतसँग २ विकेटले पराजित 

काठमाडौँ । भारत टुरमा रहेको नेपाली अन्डर १९ क्रिकेट टिम भारतीय अन्डर १९ बि टिमसँग पनि पराजित भएको छ । भारतीय टिमले नेपाललाई २ विकेटले पराजित गरेको हो ।  नेपालले दिएको २११

रीतको उत्कृष्ट ब्याटिंगसँगै भारतीय बि टिमलाई २११ रनको लक्ष्य

काठमाडौँ । भारत टुरमा रहेको नेपाली अन्डर १९ क्रिकेट टिमले आज भारतीय अन्डर १९ बि टिमसँग खेलिरहेको छ । पहिला ब्याटिंग गरेको नेपाली युवा टिमले भारतको अन्डर १९ बि टिमलाई २११ रनको

नेपाली युवा क्रिकेट टिमको भारतमा लगातार दोस्रो हार 

काठमाडौँ । भारतको भ्रमणमा रहेको नेपाली अन्डर १९ क्रिकेट टिम भारतको अन्डर १९ ए टिमसँग पनि पराजित भएको छ । आज सम्पन्न खेलमा भारतको अन्डर १९ ए टिमले नेपाललाई १०७ रनले

भारतीय अन्डर १९ 'ए' ले नेपाललाई दियो २४८ रनको लक्ष्य  

काठमाडौँ । भारतको भ्रमणमा रहेको नेपाली अन्डर १९ क्रिकेट टिमले आज भारतको अन्डर १९ ए टिमसँग खेलिरहेको छ । भारतीय अन्डर १९ ए टिमले पहिला ब्याटिंग गर्दै नेपाली युवा टिमलाई २४८


z