नेप्सेमा गिरावट जारी, सबै सुचक ओरालो

खरीबोट

काठमाडौँ । नेप्सेको लगातारको ओरालोले साताको अन्तिम कारोवार दिन बिहिबार पनि निरन्तरता पाएको छ ।

नेप्से पाँच दसमलव ३३ अंकले घटेर ११ सय ५७ दसमलव ८८ बिन्दुमा झर्दा सेन्सिटिभ पनि शुन्य दसमलव ९८ अंकले घटेर दुई सय ५३ दसमलव ७९ बिन्दुमा झरेको छ ।

एक सय ६८ कम्पनीहरुको छ हजार पाँच सय ९४ वटा कारोवारमा १५ लाख ५६ हजार सात सय ९० कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम ३७ करोड ६१ लाख ८४ हजार चार सय ९१ रुपैयाँ पुगेको छ । 

नेप्सेमा आज ११ वटा समुहको कारोवार हुंदा सबै सुचक घटेपछि नेप्से पुरै रातो भएको छ । ति मध्ये पनि बाँणिज्य बैंक समुहको सुचक दुई दसमलव ७९ अंकले घटेर एक हजार ६६ दसमलव १९ बिन्दुमा झर्दा बिकास बैंक समुहको सुचक दुई दसमलव ६९ अंकले घटेर १५ सय ६४ दसमलव ८१ बिन्दुमा झरेको छ । 

जलबिद्युत समुहको सुचक पनि नौ दसमलव ३४ अंकले घटेर नौ सय ५५ दसमलव ३३ बिन्दुमा झर्दा निर्जिवन बीमा समुहको सुचक पनि ३४ दसमलव २५ अंकले घटेर चार हजार चार सय सात दसमलव ३१ बिन्दुमा झरेको छ । लघुबित्त, जीवन बीमा, होटल, फाईनान्स, उत्पादनमुलक, अन्य र सामुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन ।  

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको कालिका पावर कम्पनी लिमिटेडको प्रतिकित्ता सेयर मुल्य पाँच रुपैयाँले बढेर ८४ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको अरुण भ्याली हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य छ रुपैयाँ ७९ पैसाले घटेर ९६ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको लक्ष्मी बैंकको संस्थापक सेयरतर्फ प्रतिकित्ता एक सय १२ रुपैयाँ अन्तिम मुल्यमा चार करोड ७० लाख आठ हजार तीन सय चार रुपैयाँको सेयर कारोवार भएको छ ।  
 

सम्बन्धित समाचार

२३ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि  

काठमाडौं । साताको चौथो कारोबार दिन बुुधबार नेप्से पूरै हरियो देखिएको छ । नेप्से २२ दशमलव ६८ अंकले बढेर ११ सय ७३ दशमलव ४२ विन्दुुमा चढ्दा सेन्सिटिभ पनि चार दशमलव

नेप्सेमा देखियो सुधार, २६ अंकले बढ्दा ३८ करोडको सेयर किनबेच

काठमाडौं । नेप्सेमा बल्ल भने सुधार देखिएको छ । लगातार घटेको नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार २६ दशमलव ९१ अंकले बढेर ११ सय ५० दशमलव ७४ विन्दुुमा चढ्दा

रोकिएन नेप्सेको घट्ने क्रम, एकै दिन १६ अंक घट्यो 

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार पनि नेप्से उच्च अंकले घटेको छ । नेप्से आज १६ दशमलव १८ अंकले घटेर ११ सय २३ दशमलव ८३ विन्दुुमा झर्दा सेन्सिटिभ पनि

साताको पहिलो दिन नै १७ अंक घट्यो नेप्से 

काठमाडौं । साताको पहिलो कारोबार दिन आईतबार नै नेप्से उच्च अंकले घटेको छ । नेप्से १७ दशमलव ८७ अंकले घटेर ११ सय ४० दशमलव शून्य एक विन्दुुमा झर्दा सेन्सिटिभ पनि


z