• २०८१ बैशाख ४ मंगलबार

नेप्सेमा गिरावट जारी, सबै सुचक ओरालो

kharibot

काठमाडौँ । नेप्सेको लगातारको ओरालोले साताको अन्तिम कारोवार दिन बिहिबार पनि निरन्तरता पाएको छ ।

नेप्से पाँच दसमलव ३३ अंकले घटेर ११ सय ५७ दसमलव ८८ बिन्दुमा झर्दा सेन्सिटिभ पनि शुन्य दसमलव ९८ अंकले घटेर दुई सय ५३ दसमलव ७९ बिन्दुमा झरेको छ ।

एक सय ६८ कम्पनीहरुको छ हजार पाँच सय ९४ वटा कारोवारमा १५ लाख ५६ हजार सात सय ९० कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम ३७ करोड ६१ लाख ८४ हजार चार सय ९१ रुपैयाँ पुगेको छ । 

नेप्सेमा आज ११ वटा समुहको कारोवार हुंदा सबै सुचक घटेपछि नेप्से पुरै रातो भएको छ । ति मध्ये पनि बाँणिज्य बैंक समुहको सुचक दुई दसमलव ७९ अंकले घटेर एक हजार ६६ दसमलव १९ बिन्दुमा झर्दा बिकास बैंक समुहको सुचक दुई दसमलव ६९ अंकले घटेर १५ सय ६४ दसमलव ८१ बिन्दुमा झरेको छ । 

जलबिद्युत समुहको सुचक पनि नौ दसमलव ३४ अंकले घटेर नौ सय ५५ दसमलव ३३ बिन्दुमा झर्दा निर्जिवन बीमा समुहको सुचक पनि ३४ दसमलव २५ अंकले घटेर चार हजार चार सय सात दसमलव ३१ बिन्दुमा झरेको छ । लघुबित्त, जीवन बीमा, होटल, फाईनान्स, उत्पादनमुलक, अन्य र सामुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन ।  

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको कालिका पावर कम्पनी लिमिटेडको प्रतिकित्ता सेयर मुल्य पाँच रुपैयाँले बढेर ८४ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको अरुण भ्याली हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य छ रुपैयाँ ७९ पैसाले घटेर ९६ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको लक्ष्मी बैंकको संस्थापक सेयरतर्फ प्रतिकित्ता एक सय १२ रुपैयाँ अन्तिम मुल्यमा चार करोड ७० लाख आठ हजार तीन सय चार रुपैयाँको सेयर कारोवार भएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै