काठमाडौँको त्रिपुरेश्वरदेखि जमलसम्म वृक्षारोपण

खरीबोट

काठमाडौं । काठमाडौँको त्रिपुरेश्वरदेखि जमलसम्मको करीब २ किलोमिटर दुरीकाबीच पर्ने सडक खण्डको दुवै किनारामा वृक्षारोपण गर्न थालिएको छ । 

बिहीबार वन मन्त्री शक्ति बस्नेत, महानगरका प्रमुख बिद्यासुन्दर शाक्य र नेपाली सेनाका उच्च अधिकारीले संयुक्त रुपमा कपुरका बिरुवा रोपेर कार्यक्रम थालनी गरेका हुन् । यो क्षेत्रमा करीब ५०० बिरुवा रोप्ने योजना छ 

वृक्षारोपण पछि सहरी हरियाली प्रवर्धनका लागि साझेदारिताका बिषयमा प्रतिक्रिया दिँदै महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले भने— बसोबासमैत्री सहर बनाउन हामी हरियाली बढाउँदै छौं । पार्क निर्माण तथा हरियाली प्रवर्धनकै लागि हामीले छिमेकी नगरहरुलाई पनि जनही १-१ करोड रुपैयाँ अनुदान दिएका छौं । आफ्नो क्षेत्रभित्र पार्क निर्माण, वृक्षारोपणलगायतका काम हुँदैछन् ।

उनी भन्छन्— सार्वजनिक र खुल्ला स्थानमा पार्क निर्माण गर्ने कामसँगै साझेदारलाई सँगै लिएर सडक किनारालाई एकसमानको हरियाली बनाउँदैछौं । अहिलेको काम बन बिभाग र नेपाली सेनाको सहकार्यमा अघि बढेको हो ।

आजको वृक्षारोपणको अग्रसरता महानगरको सहरी योजना आयोगले लिएको हो । आयोगका उपाध्यक्ष सरोज बस्नेत भन्छन्— नेपाली सेना र काठमाडौं महानगरपालिकाका बीचमा सहरी स्वास्थ्य, शिक्षा र वातावरणीय सुधारका ३ क्षेत्रमा साझेदारिमा आधारित कार्यक्रम सञ्चालनमा सम्भावना देखिएको छ ।

यीमध्ये महानगरको केन्द्रीय कार्यालय र नेपाली सेनाको मुख्यालय अगाडि बृक्षारोपण गरिएको हो । बस्नेतका अनुसार स्वास्थ्योपचार र शिक्षाको गुणस्तर सुधारका लागि कार्यक्रम छनौट अन्तिम चरणमा पुगेको छ । केही समयको अन्तरालमा नै सार्वजनिक हुनेछ । उनले भने — दुवै निकायको मुख्य प्रवेशद्वारबाट त्रिपुरेश्वरतर्फ नेपाली सेनाको मुख्यालयतर्फको स्थानको सरसफाइ र सौन्दर्यीकरण गर्ने, यात्रुलाई बस्ने मेचको व्यवस्था गर्ने योजना छ । यसमा लगानी महानगरले गर्नेछ भने व्यवस्थापन नेपाली सेनाले गर्नेछ ।

अहिले वृक्षारोपण थालिएको क्षेत्रमा हरेक ३ मिटरको दुरीमा एउटा विरुवा रोपिनेछ । यस अघि रोपिएको बिरुवालाई सँगै संरक्षण गरिनेछ । यसका लागि महानगरको वातावरण व्यवस्थापन बिभागले ट्रि गार्डको व्यवस्था गर्नेछ । 
 

सम्बन्धित समाचार

काठमाडौँको त्रिपुरेश्वरदेखि जमलसम्म वृक्षारोपण

काठमाडौं । काठमाडौँको त्रिपुरेश्वरदेखि जमलसम्मको करीब २ किलोमिटर दुरीकाबीच पर्ने सडक खण्डको दुवै किनारामा वृक्षारोपण गर्न थालिएको छ ।  बिहीबार वन मन्त्री शक्ति बस्नेत, महानगरका प्रमुख बिद्यासुन्दर शाक्य र नेपाली सेनाका

प्रधानमन्त्री ओलीद्वारा वृक्षारोपण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय योजना आयोगको परिसरमा एभोकार्डोको विरुवा रोपेका छन् । विश्व वातावरण दिवशको अवसरमा प्रधानमन्त्री ओली सहित मन्त्रीहरुले आज योजना आयोग परिसरमा फलफूलका विरुवा रोपेका हुन्

जन्मदिनको अवसर पारेर काँग्रेस नेता शाहले गरे वृक्षारोपण 

काठमाडौं। नेपाली कांग्रेस युवा नेता एवम् नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले जन्मदिनको अवसर पारेर वृक्षरोपण गरेका छन् । काठमाडौंको कृष्ण मन्दीरमा शाहले २० वटा धुपी सल्लो र

काठमाडौँ महानगरका ३२ वटै वडामा वृक्षारोपण 

काठमाडौँ । ४८औँ विश्व वातावरण दिवसको अबसरमा काठमाडौँ महानगरपालिकाका ३२ वटै वडामा बृक्षारोपण कार्यक्रम सम्पन्न गरीएको छ  ।  खरीबोटसँग कुरा गर्दे काठमाण्डौँ महानगरपालिका वडा नम्बर एक का वडा अध्यक्ष भरतलाल श्रेष्ठले


z