• २०८१ बैशाख ७ शुक्रबार

दक्षिण अफ्रीकाविरुद्ध खेल्ने भारतीय टेस्ट टिमको घोषणा, शुबमन गीलको डेभ्यु  

kharibot

काठमाडौँ । भारतले दक्षिण अफ्रीकाविरुद्ध हुने तीन टेस्ट खेलको सिरिजका लागि आफ्ना खेलाडी घोषणा गरेको छ ।

आगामी अक्टोबर २ देखि २३ सम्म हुने तीन टेस्टका लागि सार्वजनिक गरिएको खेलाडी सुचीबाट वेस्टइन्डिज टुरमा खराब प्रदर्शन गरेका ओपनर केएल राहुललाई हटाइएको छ । त्यस्तै वेस्टइन्डिज टुरमा टिममा नपरेका स्पिनर आर आश्विनलाई पनि टिममा समावेश गरिएको छ भने तिब्र गतिका बलर उमेश यादवलाई पनि ड्रप गरिएको छ ।

त्यस्तै युवा खेलाडी शुबमन गीलले पहिलो पटक टेस्ट टिममा स्थान बनाएका छन् । अहिलेसम्म भारतक लागि केवल २ एकदिवसीय खेल खेलेका गिल राम्रो सम्भावना भएका ब्याट्सम्यान मानिन्छन् । 

भारतीय प्रमुख छनौटकर्ता एमएसके प्रसादले दक्षिण अफ्रीकाविरुद्धको टेस्ट सिरिजमा राहुलको ठाउमा रोहित शर्माले इनिंगको ओपन गर्ने बताएका छन् । टी-२० र एकदिवसीय क्रिकेटका उत्कृष्ट ब्याट्सम्यान रोहित टेस्टमा भने त्यति सफल हुन् सकेका छैनन् । रोहितले अहिलेसम्म २७ टेस्ट खेल्दै ३ शतक र १० अर्धशतक बनाएका छन् ।

दक्षिण अफ्रीकाविरुद्ध खेल्ने भारतीय टिम : विराट कोहली (कप्तान), आजिख्य रहाने (उपकप्तान), मयंक अग्रवाल, रोहित शर्मा, चैतेश्वर पुजारा, हनुमा विहारी, रिषव पन्त, रिद्धिमान शाह, आर आश्विन, रविन्द्र जडेजा, कुलदीप यादव, मोहमद सामी, जसप्रित बुमराह, इशान्त शर्मा र शुबमन गील ।        
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै