• २०८१ बैशाख ८ शनिबार

विश्व प्रसिद्ध गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिको नेतृत्व चयन गर्न मतदान

kharibot

बारा । बाराको महागढीमाई नगरपालिकास्थित पशु पंक्षी बलिले विश्व प्रशिद्ध गढीमाई मन्दिरमा यति बेला मतदानको रौनक छ । 

आगामी मंसिरमा लाग्ने पञ्च वर्षिय मेलाको पूर्व सन्ध्यामा सोही मेला व्यवस्थापन गर्ने बोर्ड टुंङ्गो लगाउँन यती बेला मन्दिर सञ्चालन तथा बिकास समितीको मतदान भैरहेको हो ।

प्रमुख निर्वाचन अधिकृत ओम्प्रकाश केशरीका अनुसार विहिवार बिहान आठ बजेबाट सुरु भएको मतदान साँझ पाँच बजे सम्म चल्ने छ । जसमा कुल आठ हजार तीन सय सत्र मतदाता सहभागी हुँदै छन् ।

मन्दिर सञ्चालन तथा बिकास समितीको नेतृत्व लिन बिभिन्न राजनितिक दलले प्यानल नैं बनाएर आ–आफ्ना उम्मेदवारहरु अघी सारेका छन् , भने कति पयले आफ्नैं दल बिरुद्ध बागी उम्मेदवारी समेत दिएका छन् ।

प्रमुख निर्वाचन अधिकृत केशरीका अनुसार राजपा र फोरमले संयुक्त प्यानल बनाएर चुनावमा होमिँदा नेकपा र काँग्रेसले छुट्टा–छुट्टै रुपमा प्यानल बनाएर आफ्ना उम्मेदवार अघी सारेका छन् । यता नेकपाका केही अशन्तुष्ट पक्षले भने अध्यक्ष र उपाध्यक्षका लागी आफ्नैं पार्टी बिरुद्ध बागी उम्मेदवारी दिएका छन् ।

चुनावका लागि अध्यक्ष र उपाध्यक्षमा चार-चार , सचिव र सहसचिवमा तीन-तीन जनाको उम्मेदवारी परेको छ, भने चार सदस्यको लागि १८ जनाको उम्मेदवारी परेको केशरीले जानकारी दिए ।

यो निर्वाचनलाई अत्यन्त महोत्वाका साथ हेरिने हुँदा निर्वाचनलाई सहज बनाउँन सुरक्षा निकाय चार÷पाँच दिन देखि व्यावस्थापनमा जुटेको र सहज ढंङ्गले निर्वाचन अगाडी बढिरहेको जिल्ला प्रहरी कार्यालय कलैया बाराका प्रहरी नायव उपरीक्षक रंजीतसिंह राठोरले बताए ।

यता मन्दिरका नाममा आर्थिक चलखेल हुने हुँदा निर्वाचनमा संसदीय निर्वाचन भन्दा बढी तड्क भड्क भएको छ । राज्यले यसको महत्व नबुझिदिदा भौत्तिक पुर्वाधारमा पछि परेको गढीमाई मन्दिरका मुल पुजारी मंगल सिंह थारुले बताए ।

संसदीय र स्थानीय जस्तै भड्किलो र खर्चिलो देखिएको चुनावमा उम्मेदवारले मतदातालाई रिझाउँन ठूलो रकम खर्च गरेको बुझिएको छ । चुनावबाट निर्वाचित बोर्डले मंसीरमा हुने मेला सञ्चालन गर्ने छ ।

विशुद्ध धार्मिक संस्था भए पनि यसको सञ्चालन र विकासका लागि हुँन लागेको नयाँ प्रतिनिधि मण्डल चयन स्थानीय, प्रादेशिक तथा संघीय निर्वाचन भन्दा चर्को देखिएको छ ।

अत्यन्तै महत्वका साथ हेरिने यो निर्वाचनलाई समर्थन जुटाउँन यति बेला आ–आफ्ना दलका संघिय , प्रादेशिक मन्त्रीहरु र केन्द्रिय नेता समेत यती बेला बाराको गढीमाई मन्दिर परिसरमा उत्रेको छन् ।

आउँदो मंसिर १७ गते देखि करिब एक महिनासम्मको लागि यो मेलाको रुपमा सञ्चालन हुँने छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै