महिला राष्ट्रिय फुटबल टिम उज्बेकिस्तानसँग फाइनलमा पराजित

खरीबोट

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोली किर्गिस्तानमा जारी नादेझ्दा कपको फाइनलमा पराजित हुँदै उपविजेता बनेको छ ।

आज भएको फाइनल खेलमा नेपाल उज्बेकिस्तानसँग ३-२ गोल अन्तरले पराजित भएको छ ।

पहिलो हाफमा १-० को अग्रता लिएको उज्बेकिस्तानले दोस्रो हाफको सुरुवातमै अग्रता बढाएको थियो । त्यसपछि खेलको ६४औं मिनेटमा फेरी पनि उज्बेकिस्तानले अग्रता तेब्बर बनाएको थियो ।

नेपालले खेलमा कम ब्याक गर्ने प्रयास गर्दै सावित्रा भण्डारीले ६७ औं मिनेटमा र ८६औं मिनेटमा गोल गरेकी थिइन् ।

नेपाल यस हारसँगै आठौं पटक फाइनलमा पुगेर उपाधिविहिन बनेको छ । यसअघि ६ पटक भारत र १ पटक म्यानमारसँग नेपाल फाइनलमा पराजित भएको थियो । पछिल्लोपटक नेपाल विराटनगरमा आयोजित साफ च्याम्पियनसिपमा भारतसँग फाइनलमा पराजित भएको थियो । 
 

सम्बन्धित समाचार

नेपाली महिला फुटबल टिम नदेज्दा कपको फाइनलमा

काठमाडौं । नेपाली महिला फुटल टिम ताजकिस्तानलाई पराजित गर्दै नदेज्दा कपको फाइनलमा प्रवेश गरेको छ । किर्गिस्तानको सेन्ट्रल रंगशालामा आज भएको खेलमा नेपालले ताजकिस्तानलाई १–० गोलले पराजित गरेको हो । यो जितसँगै

नादेज्दा कप महिला फुटबल : नेपाल उज्वेकिस्तानसँग पराजित

काठमाडौँ । किर्गिस्तानमा जारी नादेज्दा कप महिला फुटबल प्रतियोगितामा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ ।  किर्गिस्तानको काराकोलस्थित केन्द्रीय रङ्गशालामा आज भएको दोस्रो खेलमा नेपाल उज्वेकिस्तानसँग २–० गोलअन्तरले पराजित भएको हो ।

नेपालको किर्गिस्तानमाथि फराकिलो जित, सावित्रा भण्डारीको चार गोल

काठमाडौं । नेपालले नदेज्दा कप महिला फुटबलमा आयोजक किर्गिस्तानलाई फराकिलो अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ । आज भएको खेलमा किर्गिस्तानलाई नेपालले ८-२ गोलको फराकिलो अन्तरले पराजित गरेको हो ।

अमेरिकाले जित्यो महिला फुटबल विश्वकपको उपाधि

काठमाडौँ । महिला फुटबल विश्वकपको उपाधि अमेरिकाले जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा अमेरिकाले नेदरल्याण्डसलाई २-० गोल अन्तरले पराजित गर्दै अमेरिकाले लगातार दोस्रो पटक विश्वकपको उपाधि जितेको हो । पहिलो


z