• २०८१ बैशाख ११ मंगलबार

कम्युनिष्टको एजेण्डा बोक्ने काँग्रेस विकल्प हुन सक्दैन : कमल थापा

kharibot

काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कम्युनिष्ठको एजेण्डा बोक्ने काँग्रेस मुलुकको विकल्प बन्न नसक्ने बताएका छन् ।

पार्टीको काठमाण्डौ जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष थापाले असफल नीति र असफल बाटोमा परिवर्तन आवश्यक भएको चर्चा गर्दै पार्टी र व्यक्ति परिवर्तन होइन नीति र वाटो परिवर्तन जरुरी भएको विचार व्यक्त गरे ।

२०६२-६३ को आन्दोलन राजा र आन्दोलनकारी शक्तिबीच सम्झौता भएर टुङ्गिएको भन्दै थापाले २०४७ को संविधानमा टेकर संविधानसभाको निर्वाचन हुने र त्यो संविधानसभाले संविधान निर्माण गर्ने सहमति विपरित संविधानसभाको निर्वाचन अगावै धर्म निरपेक्षता लादिएकोप्रति आपत्ति प्रकट गरे । सहमति विपरित दलहरुले देश, जनता र राजालाई धोका भएको थापाको भनाई थियो ।

अहिले लथालिङ्ग अवस्थाबाट मुलुकलाई मुक्ति दिनको निमित्त नयाँ विकल्पमा जानुपर्ने भन्दै थापाले विचार, बाटो र संगठन को दृष्टिकोणबाट राप्रपा त्यो शक्ति बन्ने दाबी गरे । 

“आत्मविश्वास बोकेर हिड्नोस, सक्रियता देखाउनुस राप्रपा वैकल्पिक शक्ति बन्छ” थापाले भने । फरक फरक विचारले प्रजातन्त्रलाई मजबुत बनाउने भन्दै उनले राप्रपा राष्ट्रवादी प्रजातान्त्रिक शक्ति भएको विचार व्यक्त गरे ।

काठमाण्डौ जिल्ला अध्यक्ष नवराज सिंखडाको अध्यक्षतामा भएको प्रशिक्षणमा नेताहरु भुवन पाठक, प्रा.डा.जयन्तनाथ खनाल, रमानन्द न्यौपाने, आशा लामाले प्रशिक्षण दिएको पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै