डोरियन आँधीबाट २५ सय बेपत्ता

खरीबोट

फ्रिपोर्ट बहमास । संयुक्तराज्य अमेरिकाको बहमास द्वीपलाई केन्द्रविन्दु पारेर आएको डोरियन नामको आँधीका कारण करिब २ हजार ५०० व्यक्ति बेपत्ता भएको सरकारी समाचार स्रोतले बुधबार जानकारी दिएको छ । 

यस भीषण आँधीको कारण ५० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । उद्धारकर्ताले जीवितै व्यक्ति उद्धार गर्न सकिने आशा मारेको बताएका छन् । उनीहरुले मृतकको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरेका छन् । 

गत शुक्रबारसम्म सो आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या ४३ पुगेको थियो । थप केही शवहरु भेटिए पछि मृतकको सङ्ख्या ५० पुगेको बुधबार बताइएको छ । 

बहमास द्वीपका नागरिकका लागि डोरियन “इतिहासकै दुःखान्त” भएको प्रधानमन्त्री हुबर्ट मिन्निसले बताउनु भएको थियो । आँधीमा परी उद्धार गरिएका हजारौँ व्यक्ति अमेरिकी पूर्वी तटीय इलाकामा आइपुगेका छन् । 
 

सम्बन्धित समाचार

डोरियन आँधीबाट २५ सय बेपत्ता

फ्रिपोर्ट बहमास । संयुक्तराज्य अमेरिकाको बहमास द्वीपलाई केन्द्रविन्दु पारेर आएको डोरियन नामको आँधीका कारण करिब २ हजार ५०० व्यक्ति बेपत्ता भएको सरकारी समाचार स्रोतले बुधबार जानकारी दिएको छ ।  यस भीषण

डोरियन आँधीबाट बहमास भग्नावशेषमा परिणत, स्थानीयबासीको संघर्ष जारी

नसाउ, बहमास । संयुक्तराज्य अमेरिकाको बहमास द्वीपलाई केन्द्रविन्दु पारेर आएको डोरियन आँधीले बहमासलाई तहसनहस बनाएको छ । स्थानीयबासीहरु भग्नावशेषका बीचमा जनजीवनलाई सामान्य तुल्याउन सङ्घर्षरत रहेका छन् । समुद्रको छाल र भीषण

डोरियन आँधीबाट बहमासमा २० जनाको मृत्यु

फिपोर्ट बहमास । संयुक्तराज्य अमेरिकाको बहमास द्वीपलाई केन्द्रविन्दु पारेर आएको डोरियन नामको आँधीका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या २० पुगेको  छ । समुद्रको छाल र भिषण वर्षाका कारण बहमासको जनजीवन अस्तव्यस्त

वायुमण्डल भएको एकमात्र उपग्रह टाइटान, जहाँ चल्छ धूलोको आँधी

काठमाडौं । वैज्ञानिकहरुले नासाको क्यासिनी अन्तरिक्ष यानबाट प्राप्त तथ्यांकको उपयोग गरी शनिको उपग्रह टाइटनमा धूलोको ठूलो आँधी आएने गरेको पत्ता लगाएका छन् । टाइटान शनिको सबैभन्दा ठूलो उपग्रह हो । नासाको


z