• २०८१ बैशाख १३ बिहीबार

राप्रपाले एनसेल करछली प्रकरण सदनदेखि सडकसम्म उठाउने 

kharibot

काठमाडौँ । एनसेल करछलिको बिषयमा राष्ट्रिय प्रजातन्त्र पार्टीको आज पदाधिकारी बैठकमा विस्तृत छलफल भएको छ ।

नेपालको सवै भन्दा ठूलो भ्रष्टाचार प्रकरणका बिषयमा पार्टीले पूर्व गृह एवं कानूनमन्त्री निरञ्जन थापालाई विस्तृत अध्ययन गरी बैठकमा प्रस्तुति गर्न जिम्मेवारी दिएको थियो ।

आज पदाधिकारी बैठकमा पार्टीका सल्लाहकार समितिका अध्यक्ष समेत रहेका निरञ्जन थापाले एनसेल कर छलि बिषयमा विस्तृत विवरण प्रस्तुत गरेकोको राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

यस बिषयमा अत्यन्त गम्भिरताका साथ छलफल भएको र “यो करिब ४० अरबको चलखेलको बिषय हो, यो सामान्य बिषय होइन, ब्रम्हलुटको बिरुद्धमा आवाज उठाउनु हाम्रो जिम्मेवारी र कर्तब्य हो । यस बिषयलाई राप्रपाले संसददेखि सडकसम्म लैजान्छ, संघर्ष गर्छौ ” भन्ने बैठकको निष्कर्ष रहेको बर्तौलाले बताए । कमल थापाको अध्यक्षतामा बसेको बैठकमा काठमाडौंमा रहेका पदाधिकारिको उपस्थिति रहेको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै