दसैंको टिकट बुकिङ असोज ५ गतेदेखि

खरीबोट

काठमाडौँ । दशैँका लागि यहि असोज ५ गतेदेखि अग्रिम बस टिकट बुकिङ खुल्ने भएको छ ।

यातायात व्यवस्था विभागमा आज बसेको विभागका महानिर्देशक, यातायात व्यवसायी तथा ट्राफिक प्रहरीको संयुक्त बैठकले असोज ५ देखि अग्रिम बस टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।

यस पटकको दसैंमा नयाँ बस भने थपिएका छैनन् । दसैं तिहारका लागि हालको प्रचलित भाडाअनुसार नै टिकट बुकिङ हुने विभागले जनाएको छ ।

विभागले दशैँ-तिहारसम्म पुरानै भाडा रहनेगरी यातायात व्यवसायीसँग सहमति भएको जानकारी दिएको छ । त्यसपछि वैज्ञानिक भाडाादर निर्धारण गरी लागू गरिने सहमति भएको छ ।

यस क्रममा विभिन्न १४ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिने विभागले तयारी गरेको छ ।

महासङ्घका महासचिव सरोज सिटौलाले व्यवसायीले दशैँ अगाडि नै विभिन्न स्थानमा सडकको मर्मत गर्नुपर्ने माग राखेको बताए । राष्ट्रिय राजमार्गसहित स्थानीय सडकमा वर्षाका समयमा परेको बाढीपहिरोका कारण खाल्डाखुल्डी रहेको उनको भनाइ छ । उनले भने, “सम्भावित दुर्घटना रोक्न सडक मर्मत चाँडो गर्नुपर्ने आवाज हामीले उठाइरहेका छौँ ।”

अघिल्ला वर्षमा दशैँलाई लक्षित गरेर नयाँ बस भित्र्याउने गरिएकामा यस वर्ष नयाँ खरीद नगरिएकाले भएकैलाई व्यवस्थित गरेर सञ्चालन गर्नुपर्ने अवस्था रहेको महासचिव सिटौलाले बताए । दशैँका समयमा कति गाडी आवश्यक छ र महासङ्घले कति काठमाडौँ झिकाउन सक्छ भन्ने टुङ्गो लागिसकेको छैन । 

उनले भने, “हामीले त्यसबारे देशभर रहेका व्यवसायीसँग बुझिरहेका छौँ ।” वर्षेनी दशैँ शुरु हुनुभन्दा झण्डै एक महीना पहिले नै अग्रिम टिकट खुलाउने गरेकामा यस वर्ष गत वर्षभन्दा ढिलो टिकट खुल्ने निर्णय भएको छ ।

त्यस्तै विभागका महानिर्देशकको संयोजकत्वमा केन्द्रिय यातायात व्यवस्थापन अनुगमन समिति गठन हुने भएको छ । सो समितिले टिकटमा हुन सक्ने कालोबजारी अनुगमन गर्ने बताइएको छ ।

सम्बन्धित समाचार

दसैंको टिकट बुकिङ असोज ५ गतेदेखि

काठमाडौँ । दशैँका लागि यहि असोज ५ गतेदेखि अग्रिम बस टिकट बुकिङ खुल्ने भएको छ । यातायात व्यवस्था विभागमा आज बसेको विभागका महानिर्देशक, यातायात व्यवसायी तथा ट्राफिक प्रहरीको संयुक्त बैठकले असोज

'एभेन्जर्स: इन्डगेम'ले प्रि-बुकिङमै तोड्यो रेकर्ड

काठमाडौं । मार्भल स्टुडियोजको आगामी सुपरहिरो चलचित्र 'एभेन्जर्स: इन्डगेम'ले टिकट बिक्री खुला गरिएको ६ घण्टाभित्रै कीर्तिमानी सङ्ख्यामा टिकट बिक्री गरेको छ । उक्त चलचित्रको पहिलो दिनको टिकट पहिलो छ घण्टामै 'स्टार

कनम्याक २०१८ मा केशका ३० मेसिन बुकिङ

काठमाडौं । भारतको कन्फेरेड़ेसन अफ इंडिया इन्डष्ट्री (सिआइआइ) ले पहिलो पटक कनम्याक २०१८ नेपाल भक्तपुरको खुल्ला चौरमा गरेको छ । उक्त कनम्याक २०१८ मा १५० स्टलहरु रहेकाथिए । सो कनम्याकमा

एयरलाइन्स भन्छन् ‘दशैँको बुकिङ सकियो’

काठमाडौँ। दशैँ आउन १५ दिन अगावै वायु सेवा प्रदायक कम्पनीले टिकट बुकिङ सकिएको जनाएका छन् ।  यसले खासगरी, लामो तथा दूर्गम गन्तब्यमा जाने यात्रुलाई थप समस्या बेहोर्नुपर्ने देखिन्छ । राजधानी काठमाडौँबाट


z