• २०८१ बैशाख ८ शनिबार

अभिनेत्री सन्नी लियोन काठमाडौँमा

kharibot

काठमाडौँ । बलिवुड अभिनेत्री सन्नी लियोन विहिबार काठमाडौँ आएकी छन् । उनले आइटम गीतमा नृत्य गरेको फिल्म पासवर्डको प्रिमियरमा सहभागी हुन सन्नी काठमाडौँ आएकी हुन् ।

सन्नीले विहिबार साँझ कुमारी हलमा बसेर पासवर्ड फिल्म हेरेकी छन् । सन्नीले कुमारी हलमा नेपाली चलचित्रकर्मी, कलाकार, मिडियाकर्मीहरुसँगै बसेर चलचित्र हेरेकी थिईन् ।

चलचित्र हेर्नुअघि उपस्थित मिडिया र दर्शकलाई सम्बोधन गर्दै बिहीबार साँझको कार्यक्रमको लागि नेपाल बोलाएकोमा चलचित्र टिमलाई धन्यवाद दिएकी छिन् । उनले विश्वको मनपर्ने देशमध्येकै एक नेपालमा आएर यो पल बिताउन पाएकोमा निकै खुशी महसुस भएको प्रतिक्रिया दिएकी थिईन् ।

सनीले एक आइटम गीतमा केही समयको लागि मात्रै आफू देखिए पनि नेपाली चलचित्रमा काम गर्न पाउँदा खुशी लागेको बताइन् । उनले नेपाली गीत भए पनि धेरै पटक सुनेको हुनाले नृत्य गर्न गाह्रो नभएको अनुभव सुनाइन् । 

सन्नी आजै भारत फर्किने बताएकी छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै