• २०८१ बैशाख १३ बिहीबार

१४० किलोका कोर्नवालको तुफानी ब्याटिंगपछि गेलको जमैकाको तेस्रो हार 

kharibot

काठमाडौँ । क्यारेबियन प्रिमियर लिग (सिपिएल) अन्तर्गत क्रिस गेलको टिम जमैका तल्लावाह लगातार तेस्रो खेलमा पराजित भएको छ ।

शुक्रबार सम्पन्न खेलमा जमैका सेन्ट लुसिया जोउक्ससँग ५ विकेटले पराजित भएको हो ।

जमैकाले दिएको १७१ रनको लक्ष्य पछाएको सेन्ट लुसियाले १६.४ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

सेन्ट लुसियाको जितमा १४० किलोका खेलाडी रहकीम कोर्नवालले ३० बलमा आक्रामक ७५ रन बनाएका थिए । विश्वकै बढी वजन भएका कोर्नवालले आफ्नो पारीमा ८ छक्का र ४ चौका प्रहार गरेका थिए ।  

त्यस्तै एन्द्रे फ्लेचरले अविजित ४७ रन बनाएका थिए । त्यस्तै कोलिन डि ग्राण्डहोमले २५ रन बनाए भने थिसारा परेराले अविजित ११ रन बनाएका थिए ।

यस अघि जमैकाले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाउदै १७० रन बनाएको थियो । जमैकाका ग्लेन फिलिप्सले ३४ बलमा ५८ रन बनाएका थिए । त्यस्तै रोभमन पोवेलले २२ बलमा ४४ रन बनाएका थिए । त्यस्तै डेरभल ग्रीनले १७, जर्ज वोर्करले १६ रन बनाएका थिए । जमैकाका कप्तान क्रिस गेल भने यस खेलमा डक आउट भएका थिए ।

अहिलेसम्मको खेलमा जमैकाले ३ खेल खेल्दै सबै खेलमा हार बेहोरेको छ । त्यस्तै सेन्ट लुसियाले भने ३ खेलमा पहिलो जित हासिल गरेको छ ।           
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै