• २०८१ बैशाख ४ मंगलबार

मिशन मंगलको बम्पर कमाईपछि बक्स अफिसमा अक्षयकुमारको नयाँ रेकर्ड

kharibot

मुम्बई । बलिवुडका खेलाडी कुमार उपनामले चर्चित अक्षयकुमारको गत अगष्ट १५ मा रिलिज फिल्म मिशन मंगलले दुई सय करोडको कमाई गरेको छ ।

मिशन मंगल अक्षयकुमारको क्यारियरकै अहिलेसम्म २ सय करोड कमाई गर्ने पहिलो फिल्म बनेको छ ।

मिशन मंगल रिलिजको २९ दिनमा २ सय करोड क्लबमा प्रवेश गरेको छ ।

बलिवुड फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले रिलिजको पहिलो ५ दिनमा सय करोड, ११ दिनमा १५० करोड, १४औ दिनमा १७५ करोड र २९ दिनमा २ सय करोड कलेक्सन गरेको छ ।

यसका साथै मिशन मंगल यस बर्ष रिलिज भएको फिल्ममा २ सय करोड कमाई गर्ने चौथो फिल्म बनेको छ । यस अघि कबिर सिंहले १३ दिनमा, भारतले १४ दिनमा र उरीले २८ दिनमा २ सय करोड कमाई गरेका थिए ।

साथै मिशन मंगलले पहिलो साता १२८ करोड, दोस्रो साता ५० करोड, तेस्रो सातामा १५ करोड, चौथो साता ७ करोड कलेक्सन गरेको छ ।

साथै मिशन मंगल अक्षयकुमारको अहिलेसम्मकै छिटो सय करोड क्लबमा पुग्ने फिल्म समेत बनेको छ ।

फिल्मले रिलिजको पाँचौ दिनमा सय करोड क्लबमा पुगेको थियो । यस अघि अक्षय कुमारको फिल्म २.० ले पनि ५ दिनमा सय करोड कलेक्सन गरेको थियो भने केसरीले ७ दिनमा सय करोड कलेक्सन गरेको थियो । त्यस्तै टवाइलेट एक प्रेम कथाले ८ दिनमा र रुस्तमले ९ दिनमा सय करोड कलेक्सन गरेको थियो ।  

यस फिल्ममा अक्षयका अलावा विद्या बालन, सोनक्षी सिन्हा, तापसी पन्नु, कीर्ति कुल्हारी, नित्या मेनन, शरवन जोशी लगायतले अभिनय गरेका छन् ।

फिल्मलाई जगन शक्तिले निर्देशन गरेका हुन् भने फिल्मलाई होप प्रोडक्सन, फक्स स्टार स्टुडियो र केप अफ गुड फिल्म्सले निर्माण गरेका हुन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै