• २०८१ बैशाख ८ शनिबार

विप्लव समूहका बर्दिया इञ्चार्ज र अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष पक्राउ

kharibot

राजापुर । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला इञ्चार्ज मीना चलाउने र अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष  लोकेन्द्र जोशी बर्दियाबाट पक्राउ परेका छन् ।

प्रहरीले बिहीबार साँझ ६ बजे जिल्लाको विभिन्न विद्यालयमा सङ्गठन बिस्तार अभियान चलाएर फर्कंदै गर्दा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए ।

जिल्लामा भएका विभिन्न घटनामा जोशी र चलाउनेको हात रहेको आशङ्कामा पक्राउ गरिएको र उनीहरूमाथि थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै