• २०८१ बैशाख १३ बिहीबार

सिद्धबाबाको पहिरोमा पुरिएर चालकको मृत्यु, ६ जना घाइते 

kharibot

रुपन्देही । सिद्धबाबा राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्डको सिद्धबाबा नजिकै पहिरो खसेर चालकको मृत्यु भएको छ ।

आज बिहान १०:३० बजे बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु१ज २६१७ नंको जिपलाई माथिबाट खसेको पहिरोले पुर्दा गुल्मी छापचौर बस्ने चालक कमल सुनारको घटनास्थलमै मृत्यु भएको छ ।

यसैगरी पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु२च ५९३८ नम्बरको स्कारपियो पनि पहिरोले पुरिएको र ६ जना घाइते भएको जिल्ला प्रही कार्यालय पाल्पाले जनाएको  छ । घाइतेलाई बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भएको छ ।

सिद्धबाबा ड्याम साइड हेड बक्स नजिकै दुर्घटना भएको हो। एक महिना अघिमात्र सोही सडकमा पहिरो जाँदा एकजना मोटरसाइकल चालकको मृत्यु भएको थियो । 

रातभरी परेको पानीको कारण ढुङ्गासहितको पहिरो खसेपछि अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग अहिले एकतर्फी सञ्चालन भइरहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै