• २०८१ बैशाख १२ बुधबार

कप्तान राठले छोडे हङकङ क्रिकेट, भारतबाट खेल्ने योजना

kharibot

काठमाडौँ । हङकङ राष्ट्रिय टिमका कप्तान अंशुमन राठले हङकङबाट नखेल्ने घोषणा गरेका छन् । २१ बर्षिय क्रिकेटर राठले भारतबाट क्रिकेट खेल्ने बताउदै हङकङ क्रिकेट छोडेको घोषणा गरेका हुन् ।

राठले सो घोषणा गर्दै हङकङ क्रिकेटले आफ्नो क्रिकेट क्यारियरमा गरेको योगदानलाई धन्यवाद दिएका छन् । आफ्नो हङकङ क्रिकेट क्यारियर शानदार रहेको भन्दै भविष्यमा हङकङ क्रिकेटको सफलताको कामना गरेका छन् । उनले आफ्नो भारतबाट क्रिकेट खेल्ने सपना रहेको भन्दै आफु आफ्नो सपनातर्फ अगाढी बढ्न लागेको बताए ।

भारतको उडिसाको भुवनेश्वरको ओडिया परिवारमा सन् १९९७ मा राठ हङकङमा जन्मिएका हुन् । हङकङमा व्यापार गरिरहेका परिवारमा जन्मिएका राठले सन् २०१४ मा हङकङबाट क्रिकेट खेल्न शुरु गरेका थिए ।

राठले अब आउदो सिजनबाट भारतको रणजी ट्रफी खेल्ने बताइएको छ । क्रिकइन्फोका अनुसार राठले भारतको दुई पटक रणजी ट्रफी च्याम्पियन बनेको विदर्भ टिमबाट खेल्ने सम्भावना रहेको छ । अहिले उनी कागजी प्रक्रिया पुरा गरेर भारतीय पासपोर्ट हासिल गरेपछि

अक्टोबर २०२० पछि भारतमा फर्स्ट क्लास क्रिकेट खेल्न कानुनी बाधा हुने छैन । राठको भारतीय फर्स्ट क्लास क्रिकेट र आइपिएल जस्ता प्रतियोगीता खेल्ने आकांक्षा रहेको बताइएको छ ।

विदर्भले उनलाई छनौट गर्ने ग्यारेन्टी नगरेपनि राठले यँहाको खेलाडी छनौटको प्रक्रिया पारदर्शी भएकोले उनले आफुले अवसर पाउने विश्वास गरेका छन् ।

राठले हङकङबाट १८ एकदिवसीय खेल खेल्दै ५१.७५ को औसतले ८२८ रन बनाएका छन् । त्यस्तै २० टी-२० खेल खेल्दै १८.८८ को औसतले ३२१ रन बनाएका छन् ।                      
                 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै