सम्राज्ञी र अंकितको ‘रातो टिका निधारमा’ सार्वजनिक 

खरीबोट

काठमाडौँ । भेट्रान निर्देशक अशोक शर्मा निर्देशित नयाँ फिल्म ‘रातो टिका निधारमा’ आउँदो असोज १० गतेबाट देशैभर प्रदर्शनमा आउँदैछ । यसको एक रोमान्टिक गीत र ट्रेलर सार्वजनिक भइसकेको छ ।

यसैक्रममा फिल्मको शिर्ष गीत 'रातो टिका निधारमा' सार्वजनिक भएको छ । 

सार्वजनिक गीतमा प्रमोद खरेल र मेलिना राईको स्वर छ । आफ्नै चर्चित फिल्म अल्लारेमा राजेश हामल र करिश्मा मानन्धरमाथि छायांकन गरिएको यस चर्चित गीतलाई निर्देशक शर्माले फेरी पुनर्जीवित गराएका छन् । 

फिल्ममा अभिनेत्री साम्राज्ञी आरएल शाह र नव-अभिनेता अंकित शर्मा सहित रविन्द्र झा, नीता ढुंगाना, खुस्बु खड्का, बुद्दि तामाङ, बसुन्धरा भुषाल, शिवहरि पौडेल, जयनन्द लामा, लक्ष्मी गिरी, अरुणा कार्की, राजराम पौडेल, कमला रेग्मीलगायतका कलाकारको अभिनय रहेको छ । फिल्मले वैदेशिक रोजगारीको कथा वाचन गरेको छ । फिल्ममा पहिलो पटक अभिनेत्री साम्राज्ञी गाउँले भूमिकामा रहेकी छन् । 

ए.ए ग्रुप अफ कम्पनीजबाट निर्माण भएको फिल्ममा किरण शर्मा र कृति शर्माले लगानी गरेका छन् । फिल्ममा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत, बसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायांकन, मित्र देव गुरुङको सम्पादन, राजेश शाहको भिएफएक्स छ । 
 

सम्बन्धित समाचार

‘लभ यु हमेशा’ को ट्रेलर सार्वजनिक

काठमाडौं । त्रिकोणात्मक प्रेमकथानक फिल्म ‘लभ यु हमेशा’ को ट्रेलर शुक्रबार सार्वजनीक गरिएको छ । कार्तिक २२ गते देशभर र त्यसभन्दा एकसाताअघि अर्थात १५ कार्तिकमा इन्डियामा प्रदर्शन हुने तयारीमा रहेको फिल्मलाई

फिल्म ‘प्रेम संसार’ को लोक शैलीको गीत सार्वजनिक

काठमाडौँ । मंसिर १३ गतेबाट प्रदर्शनमा आउन लागेको राम गौतम निर्देशित फिल्म ‘प्रेम संसार’ को लोक शैलीको गीत सार्वजनिक भएको छ । ‘सुन सुन चम्पा’ बोलको सार्वजनक गीतमा ‘बुगी वुगी’ विजेता

‘सरौतो’ को ट्रेलर सार्वजनिक, अभिनेत्री सुमी एक्सन अवतारमा

काठमाडौँ । आउँदो कात्तिक २२ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चर्चित छायाँकार हरि हुमागाईंको डेब्यू निर्देशित फिल्म ‘सरौतो’ को एक्सन प्याक्ड ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा फिल्मकी लिड अभिनेत्री सुमी

कालीको ‘माझी’ टुबोर्ग ओपन सेसन्स-२ पहिलो संस्करणमा

काठमाडौँ । गायक, गीतकार तथा कम्पोजर काली प्रसाद बाँसकोटाको लोकप्रिय गीत ‘माझी’ को प्रत्यक्ष प्रस्तुति टुबोर्ग ओपन सेसन्स् सिजन २ मा सार्वजनिक भएको छ । टुबोर्ग र च्यानल आरबिट्ररीद्वारा सञ्चालन हुने


z