• २०८१ बैशाख १२ बुधबार

सम्राज्ञी र अंकितको ‘रातो टिका निधारमा’ सार्वजनिक 

kharibot

काठमाडौँ । भेट्रान निर्देशक अशोक शर्मा निर्देशित नयाँ फिल्म ‘रातो टिका निधारमा’ आउँदो असोज १० गतेबाट देशैभर प्रदर्शनमा आउँदैछ । यसको एक रोमान्टिक गीत र ट्रेलर सार्वजनिक भइसकेको छ ।

यसैक्रममा फिल्मको शिर्ष गीत 'रातो टिका निधारमा' सार्वजनिक भएको छ । 

सार्वजनिक गीतमा प्रमोद खरेल र मेलिना राईको स्वर छ । आफ्नै चर्चित फिल्म अल्लारेमा राजेश हामल र करिश्मा मानन्धरमाथि छायांकन गरिएको यस चर्चित गीतलाई निर्देशक शर्माले फेरी पुनर्जीवित गराएका छन् । 

फिल्ममा अभिनेत्री साम्राज्ञी आरएल शाह र नव-अभिनेता अंकित शर्मा सहित रविन्द्र झा, नीता ढुंगाना, खुस्बु खड्का, बुद्दि तामाङ, बसुन्धरा भुषाल, शिवहरि पौडेल, जयनन्द लामा, लक्ष्मी गिरी, अरुणा कार्की, राजराम पौडेल, कमला रेग्मीलगायतका कलाकारको अभिनय रहेको छ । फिल्मले वैदेशिक रोजगारीको कथा वाचन गरेको छ । फिल्ममा पहिलो पटक अभिनेत्री साम्राज्ञी गाउँले भूमिकामा रहेकी छन् । 

ए.ए ग्रुप अफ कम्पनीजबाट निर्माण भएको फिल्ममा किरण शर्मा र कृति शर्माले लगानी गरेका छन् । फिल्ममा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत, बसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायांकन, मित्र देव गुरुङको सम्पादन, राजेश शाहको भिएफएक्स छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै