• २०८१ बैशाख ७ शुक्रबार

विद्यालयका प्रधानाध्यापकसहित ६ जना एक लाख घुससहित पक्राउ

kharibot

वीरगंज । वीरगंज महानगरपालिकाको वडा न ३१ बेलवास्थित रहेको नेपाल राष्ट्रिय आधारभूत  विद्यालयका प्रधानाध्यापकसहित ६ जना घुस रकम लेनदेन गर्ने क्रममा रंगेहात पक्राउ परेका छन् ।

विद्यालयमा गणित विषयको शिक्षक नियुक्तिको लागि लिइएको परिक्षामा पास गराइदिने भन्दै १ लाख रकमको लेनदेन हुदै गरेको सुचनाको आधारमा पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान क्षेत्रीय कार्यालय हेटौडाबाट खटेको टोलीले बाताएको छ ।

वीरगन्जको वडा न ८ शिवा आँखा अस्पाताल रोडको छेउमा रहेको एक चिया पसलमा लेन देन हुदै गर्दा अख्तियार टोली आइपुगेको थियो ।

पक्राउ पर्नेमा विधालयका प्रधानाध्यापक सचिन्द्र कुमार यादव, सहायक प्रधानाध्यापक मणिर  मिया, शिक्षक सुरेस महतो, व्यवस्थापन समिति सदस्य इलियास मिया अन्सारी, जमिल मिया अन्सारी र व्यवस्थापन समिति सदस्य सखिना खातुनकी श्रीमान् नजमुदीन मिया देवान रहेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै