• २०८१ बैशाख ११ मंगलबार

पाकिस्तानको कप्तानमा शरफराजको निरन्तरता, आजम बने उपकप्तान 

kharibot

फाइल तस्बीर

काठमाडौँ । पकिस्तान क्रिकेट बोर्डले विश्वकपमा खराब प्रदर्शनका बाबजुद शरफराज अहमदलाई कप्तान कायम राहेको छ ।

श्रीलंकाविरुद्धको एकदिवसीय तथा टी-२० सिरिजका लागि शरफराजलाई कप्तान घोषणा गरेको हो । त्यस्तै बोर्डले पाकिस्तानका चर्चित ब्याट्सम्यान बबर आजमलाई उपकप्तान बनाएको छ ।

पाकिस्तानले आफ्नै घरेलु मैदानमा श्रीलंकासँग तीन एकदिवसीय र तीन टी-२० खेल खेल्दै छ । श्रीलंकासँगका यी दुई सिरिज यहि सेप्टेम्बर २७ देखि अक्टोबर ९ सम्म खेलिनेछ ।

विश्वकपमा लिग चरणबाटनै बाहिरिएको पाकिस्तानले कोचलाई हटाएको थियो भने कप्तान शरफराजलाई समेत हटाउने चर्चा चलेको थियो ।

तर हालै पाकिस्तान क्रिकेट टिमका हेद कोच तथा छनौट समितिका प्रमुख बनेका मिशबा उलहकले शरफराजलाई नै कप्तान र आजमलाई उपकप्तान बनाउने सिफारिश बोर्ड समक्ष गरेका थिए ।

शरफराजले कप्तानमा निरन्तरता पाएपछि खुशी व्यक्त गर्दै आफुले पाकिस्तानलाई जिताउन सक्दो प्रयास गर्ने बताए ।

सुरक्षा कारण देखाउदै श्रीलंकाका प्रमुख खेलाडी पाकिस्तान टुरमा नजाने बताएपछि यो सिरिज विवादमा आएको थियो । तर श्रीलंका क्रिकेट बोर्डले अन्य खेलाडी सहितको टिम पाकिस्तान पठाउने निर्णय गरिसकेको छ । लासित मलिंगा, कुसल परेरा, धनन्जय डिसिल्भासहित १० खेलाडी पाकिस्तान टुरमा नजाने भन्दै आफ्नो नाम फिर्ता लिएका थिए ।

२००९ मा श्रीलंकाका खेलाडीमाथि एक बन्दुकधारीले आक्रमण गरेको थियो ।   

पाकिस्तान क्रिकेट बोर्डले आफ्नो १६ सदस्यीय टिमको घोषणा सेप्टेम्बर २३ मा गर्ने जनाएको छ ।        
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै