• २०८१ बैशाख ७ शुक्रबार

दोलखामा १२० घर पहिरोको जोखिममा

kharibot

दोलखा । जिल्लाका अधिकांश स्थानमा अविरल वर्षाका कारण एक सय २० घर जोखिममा छन् । लाखौँ रुपैयाँको  धनमाल नष्ट भएको छ । अधिकांश स्थानमा पहिरोको जोखिम बढेपछि बस्ती स्थानान्तरण गर्नुपर्ने देखिएको छ ।  

वर्षाका कारण शैलुङ गाउँपालिका–८ एक्ले पाखाका उद्धव कार्कीको कुखुरा फार्म पहिरोमा पुरिएको थियो । पहिरोले फार्ममा रहेका ३२५ कुखुरा र एउटा खसी मरेको थियो । यस्तै भीमेश्वर नगरपालिका–३ मा राजीव तामाङको कुखुरा फार्म पहिरोले पुरिएको थियो भने भीमेश्वर नगरपालिका–३ चरिघ्याङमा छ पक्की घरमा समेत पहिरोले क्षति पुर्याएको प्रहरी नायब निरीक्षक सेते तामाङले जानकारी दिए । 

यस्तै भीमेश्वर–३ चरिघ्याङस्थित दुई घर पहिरोले पुरिँदा रु तीन लाखभन्दा बढीको धनमाल नष्ट भएको छ । शैलुङ र मेलुङ गाउँपालिकाका विभिन्न वडामा पहिरोको जोखिम बढ्दै गएको छ ।

हालसम्म दुबै गाउँपालिकामा एक सय १२ परिवार विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार शैलुङ–८ का थिङ र गोरख टोल तथा मेलुङ–१ का पवटी, दियाले खर्क टोल, कार्की टोल, बोहोरा टोल र आचार्य टोलमा गरी एक सय १८ परिवार पहिराको जोखिममा छन् ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै