• २०८१ बैशाख ७ शुक्रबार

इन्द्रजात्रा अवलोकनमा प्रधानमन्त्री ओली अनुपस्थित !

kharibot

काठमाडौं । शुक्रबार भएको इन्द्रजात्राको अवलोकन गर्ने कार्यक्रममा प्रधानमन्त्री केपी शर्माको अनुपस्थितिलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

राष्ट्राध्यक्षको रुपमा राष्ट्रपति विद्यादेवी भण्डारी इन्द्रजात्राको अवलोकन गरी श्रीकुमारीको दर्शन गर्न पुगेपनि प्रधानमन्त्री ओली अनुपस्थित रहे ।

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीशसहित संवैधानिक निकायका प्रमुखहरु अनिवार्य उपस्थित हुने गरेको इन्द्रजात्रामा यसपटक प्रधानमन्त्री अनुपस्थित भएका हुन् ।

काठमाडौं उपत्यकामा निकै महत्वपूर्ण जात्रामा राष्ट्रका उच्च ओहदाका व्यक्तिहरु सहभागी हुने विगत देखिकै परम्परा हो ।

यसपटक ओली अनुपस्थित हुनुमा उनको स्वास्थ्य अवस्थालाई कारण मानिएको छ । ओली हालैमात्र उपचारपछि फर्किएका हुन् । उनको स्वास्थ्यवस्था ठिक रहेको भनिएपछि चिकित्सकले आराम गर्न सुझाव दिएका छन् । त्यसैले पनि उनी अनुपस्थित भएको बुझिएको छ ।

ओली इन्द्रजात्रामा अनुपस्थित भएपछि उनको स्वास्थ्यबारे फेरि चासो बढेको छ । तर, ओली स्वयंले आफू स्वस्थ रहेको बताउँदै आएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै