• २०८१ बैशाख ७ शुक्रबार

सिपिएलमा ट्रीनबागोको रेकर्ड, बनायो अहिलेसम्मकै धेरै रन 

kharibot

काठमाडौँ । क्यारेबियन प्रिमियर लिग (सिपिएल) अन्तर्गत ट्रीनबागो नाइट राइडर्सले नयाँ रेकर्ड बनाएको छ ।

ट्रीनबागोले क्रिस गेलको कप्तानीमा रहेको जमैका तल्लावाहविरुद्ध सिपिएलकै इतिहासमा धेरै रन बनाएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको ट्रीनबागोले २० ओभरमा २ विकेट गुमाउदै २६७ रनको विशाल रन बनाएको छ ।

ट्रीनबागोको इनिंगमा कोलिन म्रुनो, लेंडी साइमन्स र कप्तान केरन पोलार्डले आक्रामक ब्याटिंग गरेका थिए ।

कोलिन म्रुनोले ५० बलमा ९६ रन अविजित बनाए । आफ्नो पारीमा ८ छक्का र ६ चौका प्रहार गरेका म्रुनो शतकबाट चुके पनि ट्रीनबागोलाई रेकर्ड रन बनाउन ठुलो भूमिका खेले ।
त्यस्तै लिंडे साइमन्सले ४२ बलमा ५ छक्का र ८ चौकाको मद्धतले ८६ रन बनाए ।

त्यस्तै कप्तान पोलार्डले १७ बलमा ४५ रन अविजित बनाए भने सुनिल नारान ले १८ बलमा २० रन बनाए ।

जमैकाक बलर कुनै किसिमले लयमा देखिएनन् । जमैकाका जाहिर खानले एक विकेट लिए भने एक विकेट रनआउटका रुपमा लिएको थियो ।

यस सिजनको सिपिएलमा उच्च रन बनेको यो तेस्रो इनिंग हो । अघिल्लो खेलमा जमैकाले बनाएको २४१ रनको विशाल रनलाई सेन्ट लुइसले सफल चेज गर्दै २४२ रनको रेकर्ड राखेको थियो । साथै यो सिपिएलको इतिहासमा अहिलेसम्मको उच्च टोटल हो । 

टी-२० क्रिकेटको इतिहासमा अहिलेसम्मको दोस्रो उच्च रन हो । यस अघि अफगानिस्तानले आयरल्याण्डविरुद्ध २७८ रङ बनाएको थियो । यो नै टी-२० मा अहिलेसम्मको धेरै रनको रेकर्ड हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै