काठमाडौँ । क्यारेबियन प्रिमियर लिग (सिपिएल) अन्तर्गत क्रिस गेल नेतृत्वको जमैका तल्लावाहले लगातार चौथो हार बेहोरेको छ ।
शनिबार बिहान सम्पन्न खेलमा जमैकालाई ट्रीनबागो नाइट राइडर्सले पराजित गरेको हो ।
ट्रीनबागोले दिएको २६८ रनको लक्ष्य पछाएको जमैका २० ओभरमा ५ विकेट गुमाउदै २२६ रन मात्र बनाएपछि खेल ४१ रनले गुमाएको हो ।
जमैकाका लागि ग्लेन फिलिप्सले सर्वाधिक ६२ रन बनाए भने कप्तान किस गेलले ३९, रमाल लुइसले ३७, जाभेल ग्लेनले ३४ तथा डेरभेल ग्रीनले १५ रन बनाए ।
यस अघि ट्रीनबागोले क्रिस गेलको कप्तानीमा रहेको जमैका तल्लावाहविरुद्ध सिपिएलकै इतिहासमा धेरै रन बनाएको थियो ।
टस हारेर पहिला ब्याटिंग गरेको ट्रीनबागोले २० ओभरमा २ विकेट गुमाउदै २६७ रनको विशाल रन बनाएको हो ।
ट्रीनबागोको इनिंगमा कोलिन म्रुनो, लेंडी साइमन्स र कप्तान केरन पोलार्डले आक्रामक ब्याटिंग गरेका थिए ।
कोलिन म्रुनोले ५० बलमा ९६ रन अविजित बनाए । आफ्नो पारीमा ८ छक्का र ६ चौका प्रहार गरेका म्रुनो शतकबाट चुके पनि ट्रीनबागोलाई रेकर्ड रन बनाउन ठुलो भूमिका खेले ।
त्यस्तै लिंडे साइमन्सले ४२ बलमा ५ छक्का र ८ चौकाको मद्धतले ८६ रन बनाए ।
त्यस्तै कप्तान पोलार्डले १७ बलमा ४५ रन अविजित बनाए भने सुनिल नारान ले १८ बलमा २० रन बनाए ।
जमैकाका बलर कुनै किसिमले लयमा देखिएनन् । जमैकाका जाहिर खानले एक विकेट लिए भने एक विकेट रनआउटका रुपमा लिएको थियो ।
यस सिजनको सिपिएलमा उच्च रन बनेको यो तेस्रो इनिंग हो । अघिल्लो खेलमा जमैकाले बनाएको २४१ रनको विशाल रनलाई सेन्ट लुइसले सफल चेज गर्दै २४२ रनको रेकर्ड राखेको थियो । साथै यो सिपिएलको इतिहासमा अहिलेसम्मको उच्च टोटल हो ।
टी-२० क्रिकेटको इतिहासमा अहिलेसम्मको दोस्रो उच्च रन हो । यस अघि अफगानिस्तानले आयरल्याण्डविरुद्ध २७८ रङ बनाएको थियो । यो नै टी-२० मा अहिलेसम्मको धेरै रनको रेकर्ड हो ।
यस खेलमा ९६ रन बनाएका कोलिन म्रुनो म्यान अफ द म्याच बने ।
प्रतियोगितामा जमैकाले अहिलेसम्म खेलेका सबै चार खेलमा हार बेहोरेको छ । त्यस्तै ट्रीनबागोले भने अहिलेसम्मका सबै चार खेल जितेर अंक तालिकामा शिर्ष स्थानमा रहेको छ ।