बलिवुडमा सय करोड क्लबमा कसका कति फिल्म ? अक्षयकुमार सबैभन्दा अगाडी

खरीबोट

काठमाडौँ । बलिवुड अभिनेता अक्षयकुमार सबै भन्दा बढी सय करोड  कमाई गर्ने अभिनेता हुन् ।

अक्षयका अहिलेसम्म ११ वटा फिल्मले भारतीय बक्स अफिसमा सय करोडभन्दा बढी कमाई गरेका छन् । यसैबीच उनको पछिल्लो फिल्म मिशन मंगलले दुई सय करोड कमाई गरेर उनको क्यारियरमा पहिलो दुई सय करोड कमाई गर्ने फिल्म बनेको छ ।

कमाईका हिसाबले अक्षयकुमार बलिउडमा खान अभिनेताहरुको स्टारडमलाई साइड लगाउदै धेरै अगाडी बढेका छन् ।

बलिवुडमा अक्षयपछि सलमान खानका ८ फिल्मले सय करोड, ३ फिल्मले दुई सय करोड र एक फिल्मले ३ सयकरोड कमाई गरेका छन् ।

त्यस्तै अर्का अभिनेता अजय देवगनका ९ फिल्मले बलिवुडमा सय करोडभन्दा बढी कमाई गरेका छन् भने एक फिल्मले दुई सय करोड कमाई गरेको छ ।

त्यस्तै शाहरुख खानका ५ फिल्मले सय करोड र २ फिल्मले २ सय करोड कलेक्सन गरेका छन् ।

त्यस्तै अर्का अभिनेता आमिर खानका २ फिल्मले सय करोड, २ फिल्मले दुई सय करोड र २ फिल्मले ३ सय करोडभन्दा बढीको कमाई गरेका छन् ।

त्यस्तै अर्का अभिनेता रणवीर सिंहका २ फिल्मले सय करोड, एक फिल्मले दुइ सय करोड र एक फिल्मले नै तिन सय करोड कलेक्सन गर्न सफल भएको छ ।

त्यस्तै हृतिक रोशनका ४ फिल्मले सय करोड कलेक्सन गरेका छन् भने एक फिल्मले दुई सय करोड कमाई गरेको छ ।

त्यस्तै अहिलेका सुपरस्टार बरुण धवनका चार फिल्मले सय करोड कलेक्सन गरेका छन् ।

त्यस्तै जोन अब्राहीमका २ फिल्मले सय करोड कलेक्सन गरेका छन् । त्यस्तै प्रभासको एक फिल्मले सय करोड, ३क् फिल्मले २ सय र एक फिल्मले ५ सय करोड कलेक्सन गरेको छ । बलिवुडमा अहिलेसम्म ५ सय करोड कलेक्सन गर्ने बाहुबली-२ एक मात्र फिल्म हो ।

त्यस्तै शाहिद कपुरको एक फिल्मले २ सय करोड र एक फिल्मले ३ सय करोड कमाइ गरेको छ । 

यी बाहेक विक्की कौशलको एक फिल्मले २ सय करोड कमाई गरेको छ भने आयुष्मान खुराना, टाइगर सराफ, राजकुमार राव, कार्तिक आर्यन, सिद्धार्थ मलहोत्रा, अर्जुन कपुर, फरहान अख्तर र सैफ अली खानका एक एक फिल्म सय करोड कमाइ गर्न सफल भएका छन् ।

सम्बन्धित समाचार

सलमान खानको फिल्म दबंग-३ को ट्रेलर सार्वजनिक

मुम्बई । बलिवुडका सुपरस्टार सलमान खानको फिल्म दबंग-३ को ट्रेलर सार्वजनिक भएको छ । एक्सन प्याक ट्रेलरमा सलमान खानको जादु चल्ने निश्चित देखिन्छ । यस अघिका दुई फिल्म जस्तै यस फिल्ममा

वारको बक्स अफिसमा किर्तिमान, तिन सय करोड क्लबमा पुग्यो कमाई 

मुम्बई । बलिवुड फिल्म 'वार' सन् २०१९ को अहिलेसम्म सबै भन्दा धेरै कमाई गर्ने फिल्म बनेको छ । फिल्मले २०१९ मा ३ सय करोड कमाई गर्ने पहिलो फिल्म बनेको छ

कार्तिक-साराको ब्रेकअप !

मुम्बई । बलिवुडका अहिलेका चर्चित प्रेमी कार्तिक आर्यन र सारा अली खानको ब्रेकअपको खबर आएको छ । टाइम्स इंडियाका अनुसार आफ्नो व्यस्तताका कारण आफ्नो प्रेम जीवनलाई पूर्ण विराम लगाएका छन्

सलमान खानको नयाँ फिल्म 'राधे' को घोषणा, इदमा रिलिज हुने

मुम्बई । सलमान खानले आउदो बर्ष इदमा रिलिज गर्ने गरि नयाँ फिल्म राधेको घोषणा गरेका छन् । चर्चित निर्देशक संजयलिला भन्सालीसँगको फिल्म 'इन्शाअल्लाह' बन्द भएपछि सलमानले नयाँ फिल्मको घोषणा गरेका हुन्


z