भारतले जित्यो अन्डर १९ एशिया कपको उपाधि

खरीबोट

काठमाडौं ।  अन्डर १९ एशिया कपको उपाधि भारतले जितेको छ ।

आज भएको फाइनल खेलमा बंगलादेशलाई ५ रनले पराजित गर्दै भारतले सातौ पटक उपाधि जितेको हो ।

भारतले दिएको १०७ रनको लक्ष्य पछाएको बंगलादेशले ३३ ओभरमा १०१ रन बनाउदा अल आउट भएपछि भारत विजयी भएको हो ।

यस अघि ५ पटक उपाधि जितेको र एक पटक संयुक्त विजेता भएको भारतले कम रनलाई डिफेन्डगर्दै बंगलादेशलाई अत्यन्त रोमान्चक खेलमा पराजित गरेको हो ।

बर्षाले निकै अवरोध गरेको खेलमा बंगलादेशका बलरले उत्कृष्ट बलिङ गर्दै भारतलाई १०६ रनमा रोकेका थिए । टस जितेर पहिला ब्याटिंग गरेको भारत ३२.४ ओभरमा अल आउट भएको थियो ।

यस अघि एशिया कपको उपाधि भारतले ५ पटक एक्लै र एक पटक पाकिस्तानसँग संयुक्त रुपमा जितेको छ भने एक पटक अफगानिस्तानले जितेको छ ।

यहि भाद्र १९  देखि शुरु भएको प्रतियोगितामा नेपाल समुह चरणबाट नै बाहिरिएको थियो । समुह चरणमा नेपालले युएईमाथि मात्र जित हासिल गरेको थियो ।

नेपाल समुह बि मा श्रीलंका, बंगलादेश र युएई रहेका थिए भने समुह ए मा भारत, अफगानिस्तान, पाकिस्तान र कुवेत रहेका थिए । 

यस अघि सेमिफाइनलमा भारत र बंगलादेशसहित आयोजक श्रीलंका र अफगानिस्तान पुगेको भएपनि सेमिफाइनलका खेल बर्षाले हुन नसक्दा हेड टु हेडका आधारमा भारत र बंगलादेश फाइनलमा पुगेका थिए ।

सम्बन्धित समाचार

भारतले जित्यो अन्डर १९ एशिया कपको उपाधि

काठमाडौं ।  अन्डर १९ एशिया कपको उपाधि भारतले जितेको छ । आज भएको फाइनल खेलमा बंगलादेशलाई ५ रनले पराजित गर्दै भारतले सातौ पटक उपाधि जितेको हो । भारतले दिएको १०७ रनको लक्ष्य पछाएको

अन्डर १९ एशिया कपको फाइनलमा भारत र बंगलादेश 

काठमाडौँ । श्रीलंकामा जारी अन्डर-१९ एशिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत आजका दुवै सेमिफाइनल खेल बर्षाका कारण हुन सकेनन् । बर्षाले खेल नभएपछि समुह चरणको प्रदर्शनको आधारमा भारत र बंगलादेश फाइनल पुगेका

अन्डर १९ एशिया कपको सेमिफाइनल समीकरण पुरा 

काठमाडौँ । श्रीलंकामा जारी अन्डर १९ एशिया कपको लिग चरणका खेल सकिएसँगै सेमिफाइनलको समीकरण पुरा भएको छ । समुह ए बाट भारत र अफगानिस्तान सेमिफाइनलमा पुगेका छन् भने समुह बि बाट

युएईमाथि नेपालको फराकिलो जित 

काठमाडौं । अन्डर १९ एशिया कप अन्तर्गत नेपालले यूएईलाई १६० रनले पराजित गरेको छ । नेपालले दिएको २८६ रनको लक्ष्य पछाएको युएई ३४.४ ओभरमा १२५ रन बनाउदा अल आउट भएको हो


z