• २०८१ बैशाख ८ शनिबार

रियलको जितमा बेन्जामाको दुई गोल

kharibot

काठमाडौँ । स्पेनिस ला लिगामा रियल म्याड्रिड विजयी भएको छ । रियलले आफ्नै घरेलु मैदानमा शनिबार भएको खेलमा लेभान्टेलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

रियलको जितमा क्रिम बेन्जामाले २ गोल गरे भने एक गोल कासामिरोले गरेका थिए । त्यस्तै लेभान्टेका लागि मोर्जा मायोरल र मेलेरोले एक एक गोल गरेका थिए ।

पहिलो हाफमा ३-० ले अगाडी रहेको रियलले दोस्रो हाफमा २ गोल खाएको थियो । लेभान्टेले दोस्रो हाफमा २ गोल गर्दै कमब्याकको प्रयास गरेपनि अन्तत: असफल भएको थियो ।

रियल म्याड्रिड यो जितसहित ४ खेलमा ८ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै लेभान्टेले भने ४ खेलमा २ जित र २ हारसहित ६ अंक हासिल गरेको छ ।

रियल म्याड्रिडले अब अर्को खेल च्याम्पियन्स लिग अन्तर्गत समुह चरणको पहिलो खेल यहि सेप्टेम्बर १९ मा पिएसजीविरुद्ध खेल्ने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै