• २०८१ बैशाख ११ मंगलबार

न्युक्यासलमाथि लिभरपुलको सहज जित, मानेले गरे दुई गोल 

kharibot

काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले न्युक्यासल युनाइटेडलाई पराजित गरेको छ ।

शनिबार भएको खेलमा लिभरपुलले न्युक्यासललाई ३-१ गोल अन्तरले पराजित गरेको छ ।

लिभरपुलको जितमा साडियो मानेले २ गोल गरेका थिए भने एक गोल मोहमद सलाहले गरेका थिए । त्यस्तै न्युक्यासलका लागि एक गोल जेट्रो विलिएम्सले गरेका थिए ।

यो जितसँगै लिभरपुलले लिगमा अहिलेसम्म खेलेका चारै खेलमा जित हासिल गर्दै १२ अंकसहित शिर्ष स्थानमा रहेको छ । न्युक्यासलले भने अहिलेसम्म ५ खेलमा एक जित एक बराबरी र ३ खेलमा हार बेहोरेको छ ।

लिभरपुलले अब अर्को खेल च्याम्पियन्स लिग अन्तर्गत नापोलीविरुद्ध खेल्ने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै