• २०८१ बैशाख ७ शुक्रबार

भलेन्सियामाथि बार्सिलोनाको जित, १६ बर्षिय फातीको उत्कृष्ट प्रदर्शन

kharibot

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले भलेन्सियामाथि फराकिलो जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा बार्सिलोनाले भलेन्सियालाई ५-२ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाका लागि लुइस स्वरेजले २ गोल गरे भने युवा खेलाडी अन्सु फाती, फ्र्यांकी डि जोंग र जेरार्ड पिकेएल एक एक गोल गरेका थिए । त्यस्तै भलेन्सियाका लागि केभिन गामेरियो र गोमेज गोन्जालेजले एक एक गोल गरेका थिए ।

१६ बर्षिय फातीले बार्सिलोनाका लागि अर्को महत्वपूर्ण खेल खेलेका थिए । उनले एक गोल गर्नुका डि जोंगको गोल असिस्ट समेत गरेका थिए । यो संगै फाती ला लिगामा १६ बर्ष ३१८ दिनमा एकै खेलमा गोल र असिस्ट गर्ने पहिलो खेलाडी समेत बनेका छन् ।

लियोनेल मेसी, उसमान डेम्बेले, साम्युल उमटिटि जस्ता खेलाडी घाइते भएर बाहिर रहेका बेला स्वरेजको आगमनले बार्सिलोनामा आत्मविश्वास बढेको यस खेलपछि देखिएको छ ।

बार्सिलोनाले लिगमा यो जितसहित ४ खेलमा ७ अंक हासिल गरेको छ । जसमा २ जित एक बराबरी र एक हार सामेल छन् ।

बार्सिलोनाले अब अर्को खेल च्याम्पियन्स लिग अन्तर्गत समुह चरणको पहिलो खेलमा आगामी मंगलबार डोर्टमण्डविरुद्ध खेल्ने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै