निर्णायक गोल गर्दै नेइमारले पिएसजीलाई जिताए

खरीबोट

काठमाडौं । फेन्च लिग वानमा नेइमारले निर्णायक गोल गर्दै पिएसजीलाई जिताएका छन् ।

क्लब छोड्ने अनेकौ विवादका बीच पिएसजीमै रहेका नेइमारले गएराती स्ट्रासबर्गविरुद्धको खेलबाट पिएसजीका लागि सिजन डेभ्यु गर्दै निर्णायक गोल गरेका हुन् ।

नेइमारले खेलको ९० मिनेटपछिको अतिरिक्त समयमा गोल गर्दै पिएसजीलाई महत्वपूर्ण जित दिलाएका हुन् । नेइमारले बाइस्कल गोल हान्दै पिएसजीलाई जिताएका थिए ।

नेइमारलाई पिएसजीका फ्यानले भने क्लबमा नराख्न भन्दै हुटिङ गरेका थिए । ब्यानरसहित आएका फ्यानले नेइमारलाई बेच्न आग्रह गरेका नारासहित प्रदर्शन गरेका थिए ।     

यो जितसहित पिएसजी अब ५ खेलमा १२ अंक हासिल गर्दै लिगको शिर्ष स्थानमा रहेको छ ।

पिएसजीले अब अर्को खेल च्याम्पियन्स लिगअन्तर्गत समुह चरणको खेलमा रियल म्याड्रिडविरुद्ध आगामी बुधबार खेल्ने छ ।

सम्बन्धित समाचार

रियल म्याड्रिडको अप्रत्याशित हारपछि बार्सिलोना शिर्ष स्थानमा

काठमाडौँ । ला लिगामा रियल म्याड्रिड पराजित भएको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिड रियल माल्लोर्कासँग १-० गोल अन्तरले पराजित भएको हो । माल्लोर्काको जितमा लागो जुनियरले खेलको एक मात्र गोल

बार्सिलोनाको जितमा 'एमएसजी' को गोल, लिगको शिर्ष स्थानमा पुग्यो

काठमाडौँ । ला लिगा अन्तर्गत बार्सिलोनाले इबरलाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा बार्सिलोनाले इबरलाई उसकै घरेलु मैदानमा ३-० गोल अन्तरले पराजित गरेको छ । बार्सिलोनाको जितमा 'एमएसजी' अर्थात मेसी, स्वरेज

ओसासुनामाथि ग्रानडा विजयी, अंक तालिकामा बार्सिलोनालाई जित्यो

काठमाडौँ । ला लिगा अन्तर्गत ग्रानडाले ओसासुनालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा ग्रानडाले ओसासुनाले १-० को जित हासिल गरेको छ । ग्रानडाको जितमा डोमीनगोस डुअर्टेले खेलको एक मात्र गोल गरेका

कटालानको आन्दोलनले एल क्लासिको स्थगित  

काठमाडौँ । स्पेनको काटालानमा चलिरहेको आन्दोलनका कारण ला लिगाका खेलहरु प्रभावित हुन लागेका छन् । आन्दोलनका कारण एल क्लासिको समेत प्रभावित हुने भएको छ । यहि अक्टोबर २६ मा हुने तय


z