• २०८१ बैशाख ७ शुक्रबार

निर्णायक गोल गर्दै नेइमारले पिएसजीलाई जिताए

kharibot

काठमाडौं । फेन्च लिग वानमा नेइमारले निर्णायक गोल गर्दै पिएसजीलाई जिताएका छन् ।

क्लब छोड्ने अनेकौ विवादका बीच पिएसजीमै रहेका नेइमारले गएराती स्ट्रासबर्गविरुद्धको खेलबाट पिएसजीका लागि सिजन डेभ्यु गर्दै निर्णायक गोल गरेका हुन् ।

नेइमारले खेलको ९० मिनेटपछिको अतिरिक्त समयमा गोल गर्दै पिएसजीलाई महत्वपूर्ण जित दिलाएका हुन् । नेइमारले बाइस्कल गोल हान्दै पिएसजीलाई जिताएका थिए ।

नेइमारलाई पिएसजीका फ्यानले भने क्लबमा नराख्न भन्दै हुटिङ गरेका थिए । ब्यानरसहित आएका फ्यानले नेइमारलाई बेच्न आग्रह गरेका नारासहित प्रदर्शन गरेका थिए ।     

यो जितसहित पिएसजी अब ५ खेलमा १२ अंक हासिल गर्दै लिगको शिर्ष स्थानमा रहेको छ ।

पिएसजीले अब अर्को खेल च्याम्पियन्स लिगअन्तर्गत समुह चरणको खेलमा रियल म्याड्रिडविरुद्ध आगामी बुधबार खेल्ने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै