• २०८१ बैशाख ७ शुक्रबार

डेनली र स्टोकको उत्कृष्ट ब्याटिंगपछि इङल्याण्ड बलियो अवस्थामा

kharibot

काठमाडौं । जारी पाँचौ एशेजको तेस्रो दिनको खेल सकिदा गरेलु टिम इङल्याण्ड बलियो अवस्थामा रहेको छ ।

तेस्रो दिनको खेल सकिदा इङल्याण्डले आफ्नो दोस्रो इनिंगमा ८ विकेट गुमाउदै ३१३ रन बनाएको छ ।

पहिलो इनिंगमा पाएको ६९ रनको बढ्तसहित अब इङल्याण्डले अस्ट्रेलियामाथि ३८२ रनको बढ्त बनाएको छ ।

इङल्याण्डको दोस्रो इनिंगमा जोय डेनलीले सर्वाधिक ९४ रन बनाए भने बेन स्टोकले ६७ रन बनाएर आउट भए । त्यस्तै जोस बटलरले ४७ रन बनाए भने कप्तान जोय रुटले २१, रोरी बर्न्सले २० रन बनाए ।

त्यस्तौ साम कुरानले १७, जोनी बैरस्ट्रवले १४ रन बनाए । अहिले जोफ्रा आर्चर ३ रन तथा ज्याक लीच ५ रन बनाएर खेलिरहेका छन् ।

अस्ट्रेलियाका बलर नाथन लियोनले ३ विकेट लिए भने पिटर सिडडल र मिचेल मार्शले २-२ विकेट लिए । त्यस्तै पाट कमिन्सले एक विकेट लिए ।

यस अघि इङल्याण्डले आफ्नो पहिलो इनिंगमा २९४ रन बनाएको थियो भने अस्ट्रेलिया आफ्नो पहिलो इनिंगमा २२५ रनमा अल आउट भएको थियो ।

५ खेलको सिरिजमा अस्ट्रेलिया २-१ ले अगाडी रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै