• २०८१ बैशाख ७ शुक्रबार

अन्तर्राष्ट्रिय क्रिकेटमा बन्यो नयाँ किर्तिमान : सात बलमा सात छक्का

kharibot

काठमाडौं । बंगलादेशमा जारी त्रिकोणीय टी-२० सिरिज अन्तर्गत गएराती खेलिएको अफगानिस्तान र जिम्बाबेबीचको खेलमा लगातार ७ छक्का प्रहार गर्दै अफगानिस्तानका दुई ब्याट्सम्यानले नयाँ किर्तिमान बनाएका छन् ।

यस अघि पटक पटक ६ बलमा ६ छक्का हानेको देखिएको भएपनि क्रिकेटको इतिहासमा पहिलो पटक ७ बलमा ७ छक्का प्रहार भएको छ ।

यस्तो किर्तिमान अफगानिस्तानका ब्याट्सम्यान नाजिबुल्लाह जर्दान र मोहमद नावीले बनाएका हुन् । खेलको १७ र १८औ ओभरमा दुवै ब्याट्सम्यानले लगातार ७ बलमा ७ छक्काको अनौठो किर्तिमान बनाए । १७औ ओभरको तेस्रो, चौथो र पाँचौ र छैठौ बलमा नावीले छक्का प्रहार गरेका थिए । यस पछि नाजिबुल्लाहले १८औ ओभरको शुरुका तीन बलमा तीन छक्का प्रहार गरेका थिए । 

नावी र नाजिबुल्लाह मिलेर ४० बलमा १०७ रन बनाएका थिए । नावीले १८ बलमा ३८ रन बनाए भने नाजिबुल्लाहले ३० बलमा ६९ रन बनाए ।

अन्तर्राष्ट्रिय क्रिकेटमा पाँचौ विकेटका लागि नावी र नाजिबुल्लाहको यो दोस्रो उच्च साझेदारी हो । यस अघि पाकिस्तानका शोएब मल्लिक र मिस्बाह उलहकले २००७ मा अस्ट्रेलियाको विरुद्ध ११९ रनको साझेदारी गरेका थिए ।

अफगानिस्तानले २० ओभरमा ५ विकेट गुमाउदै १९७ रन बनायो भने जवाफमा जिम्बाबेले २० ओभरमा ७ विकेट गुमाउदै १६९ रन बनाएपछि अफगानिस्तान २८ रनले विजयी भयो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै