• २०८१ बैशाख ८ शनिबार

म्यानचेस्टर सिटीको अप्रत्याशित हार

kharibot

काठमाडौं । इङलिश प्रिमियर लिगअन्तर्गत म्यानचेस्टर सिटी पराजित भएको छ । 

गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटी नर्विच सिटीसँग ३-२ गोल अन्तरले पराजित भएको हो ।

नर्विचको जितमा केनी म्याकलीन, तोड कान्टवेल र टीमु पुक्कीले एक एक गोल गरेका थिए । त्यस्तै सिटीका लागि सर्जियो अग्युरो र रोड्रीगोले एक एक गोल गरे ।

यो सँगै म्यानचेस्टर सिटी गत जनवरीदेखि पहिलो पटक प्रिमियर लिगमा पराजित भएको छ ।

यो हारपछि सिटीको ५ खेलमा १० अंक भएको छ भने शिर्ष स्थानमा रहेको लिभरपुलसँग ५ अंकले पछाडी परेको छ ।

त्यस्तै नर्विचको भने ५ खेलमा यो दोस्रो जित हो ।

त्यस्तै गएराती नै सम्पन्न अन्य खेलमा चेल्सी, टोटनह्याम र म्यानचेस्टर युनाइटेड आ-आफ्नो खेलमा विजयी भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै