• २०८१ बैशाख १३ बिहीबार

युभेन्टस बराबरीमा रोकिदा इन्टरमिलान शिर्ष स्थानमा 

kharibot

काठमाडौँ । इटालियन सिरी ए अन्तर्गत गएरातीको खेलमा युभेन्टस फियोरेन्टिनाविरुद्ध बिना कुनै गोल बराबारीमा रोकिएको छ ।

फियोरेन्टिनाको घरेलु मैदानमा भएको खेलमा युभेन्टस प्रभाव हिन देखिएको थियो । क्रिस्टियानो रोनाल्डो, गोन्जालो हुगैन जस्ता  स्टार खेलाडीहरु रहेको युभेन्टस यो बराबरीपछि अंक तालिकामा भने दोस्रो स्थानमा पुगेको छ ।

फियोरेन्टिनाका लागि फ्र्यांक रिबेरीले सिरी ए डेभ्यु यसै खेलबाट गरेका छन् । बायर्न म्युनिखबाट केहि महिना अघि बिदा भएका रिबेरी केहि साता अघि फियोरेन्टिना पुगेका थिए ।    

गएराती कै अर्को खेलमा इन्टरमिलानले उडीनेसलाई १-० गोल अन्तरले पराजित गर्यो । इन्टरमिलान यो जितसँगै ३ खेलमा ९ अंक हासिल गरेर शिर्ष स्थानमा रहेको छ भने युभेन्टस ३ खेलमा २ जित र एक बराबरीपछि ७ अंकसहित दोस्रो स्थानमा रहेको छ ।
      

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै