• २०८१ बैशाख १३ बिहीबार

यूट्युबको भ्यूज काउन्टको नीति परिवर्तन  

kharibot

अमेरिका । भिडियो प्लेटफर्म यूट्युबले आफ्नो म्युजिक चार्ट सिस्टममा भिडियोको भ्यूज गणना गर्ने विधिमा परिवर्तन ल्याएको छ । अब भिडियोहरुको भ्यू पहिलेजसरी गणना हुँदैन ।

यूट्युबले कलाकार र यूट्युब च्यानलले भिडियोको भ्यू बढाउन विभिन्न तरिका अपनाइरहेकाले भिडियो गणनाको नीतिमा परिवर्तन गर्नुपरेको बताएको छ । यूट्युबमा भ्यू निकै बढेको देखिए पनि वास्तविक प्रयोगकर्ताले त्यतिपटक भिडियो हेरेको नपाइएपछि भ्यू गणनाको तरिका परिवर्तन गरिएको कम्पनीको भनाइ छ ।  

द भर्जले यूट्युबको एक ब्लग पोस्टलाई उद्धृत गर्दै अब एडभर्टाइजिङ भ्यूज काउन्ट नहुने उल्लेख गरेको छ । अब भ्यूजको र्यांकिङ वास्तविक भ्यूजमा आधारित हुनेछ । 
कम्पनीमा धेरै पारदर्शिता ल्याउन र बिलबोर्ड, निल्सन जस्ता आधिकारिक रुपमा गणना गर्ने चार्टिङ कम्पनीको नीतिलाई ध्यानमा राखेर अब एडभर्टाइजमेन्ट भ्यूजलाई यूट््युब म्युजिक चार्ट क्याल्कुलेसनमा नजोड्ने कम्पनीले बताएको छ । अब कलाकार अथवा यूट्युब च्यानलहरुले वास्तविक प्रयोगकर्ताबाट प्राप्त भ्यूज काउन्टको आधारमा मात्रै र्यांकिङ पाउने कम्पनीको भनाइ छ । 

त्यस्तै, २४ घण्टाको रेकर्ड डेभ्यूको प्रतिवेदन तयार पार्ने तरिका पनि बदलिएको छ । अब यो केवल वास्तविक स्रोतबाट प्राप्त भ्यूजमा आधारित हुनेछ । यसमा भिडियोको डाइरेक्ट भ्यूज र सर्च रिजल्ट संलग्न हुनेछ । २४ घण्टाको रेकर्डमा भिडियोको डाइरेक्ट लिंक, सर्च रिजल्ट, कुनै अन्य साइटमा एम्बेड भिडियो र यूट्युब होम पेच, वाच नेक्स्ट र ट्रेन्डिङ जस्ता फिचर संलग्न हुने यूट्युबले उल्लेख गरेको छ । 

जुलाईमा भारतीय र्यापर बादशाहले यूट्युबको वान डे रेकर्ड तोडेका थिए । उनको गीत पागलको भ्यूज एकै दिनमा ७ करोड ५० लाख पुगेको थियो । बादशाहको यो गीतले दक्षिण कोरियाली म्युजिक ब्यान्ड बीटीएसको बोइ विथ लभ नामक गीतको नाममा रहेको ७ करोड ४६ लाख भ्यूको रेकर्ड तोडेको हो । यद्यपि, बादशाहको उक्त गीतको भ्यूज विभिन्न तरिकाले पुश गरेर बढाइएको अनुमान छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै