• २०८१ बैशाख ६ बिहीबार

बिआरआई समावेशी विकासका लागि हो – प्रचण्ड 

kharibot

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बीआरआई निकै ठूलो परियोजना भएकोले यसले सामूहिक विकासको प्रयास गरेको स्पष्ट पारेका छन् ।

आइतबार नेपाल बुद्धिजीवी संगठनले आयोजना गरेको बीआरआई संवाद कार्यक्रममा उनले यस्तो बताएका हुन् । अध्यक्ष दाहालले बीआरई ठूलो प्रोजेक्ट भएको र यसबाट नेपालले फाइदा लिन सक्ने बताए ।

उनले चिनियाँ राष्टपतिको नेपाल भ्रमणको पूर्वसन्ध्यामा बीआरआईबारे बहस हुन महत्वपूर्ण कुरा भएको पनि बताए । प्रचण्डले भने, ‘यो सामूहिक विकासको प्रयास हो । यसबाट नेपालले धेरै फाइदा लिन सक्नेछ ।’

उनले विश्व शान्ति र मानवजातिका हितको पक्षमा बीआरआई सम्बन्धी संझौतामा आफ्नै पालामा हस्ताक्षर गरिएको समेत बताए ।

अध्यक्ष प्रचण्डले नेपालमा अहिले तार्किक र अध्ययनशिल बहस हुन छाडेको भन्दै भिड र आवेगले समाजलाई नेतृत्व गर्दै लाने खतारा रहेकोमा चिन्ता व्यक्त गरे ।

विवेकले भन्दा आवेगले समाजलाई निर्देशित गर्न खोज्दा परिवर्तन गुम्नेतर्फ सचेत हुनुपर्ने भन्दै उनले सरकारले पनि जनअपेक्षा अनुसार कामलाई तीव्रता दिनुपर्ने आवश्यकता औंल्याए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै