• २०८१ बैशाख १२ बुधबार

झोलुङ्गे पुल झैं हल्लिन्छन् राजमार्गका पुल

kharibot

बारा । बारामा पर्ने अधिकांश पुल मात्रै हैनन् , राजमार्गका अधिकांश पुरानो पुलहरु लाग्छ पुल नभई झोलुङ्गे पुल हो । यहाँका पुलबाट सवारी साधन आवत जावत गर्दा ठुलै भुकम्प आए झै लाग्छ । 

पूर्व—पश्चिम राजमार्गका अधिकांश ठुला पुलहरुको अवस्था पनि यस्तै छ । पहिले अगाडी पछाडी गरेर हल्न्थिे भने, केही वर्ष यताबाट तल—माथि हलिन्छन् । यो संकेत राम्रो होईन् । यसबाट पुलको अवस्थाको बारे सहजै अनुमान लगाउँन सकिन्छ । अब, यी पुलहरु कति समय सम्म टिक्ला ?

यसरी पुलहरु तल—माथि हल्लिनु , जीर्ण भई सकेको संकेत हो । कति खेर पुल भाँच्चिने हो , कुँनै ठेगान हुँदैन् । त्यसैले यस राजमार्गमा रहेका अधिकांश ठुला साना पुलहरु दिन प्रति दिन जीर्ण भई रहेका छन् ।

यही राजमार्ग अन्तर्गत बारामा पर्ने बकैया पुल, पसाह पुल, दुधौरा पुल, १ नम्बर, २ नम्बर, ३ नम्बर पुल जीर्ण भई सकेका छन् । बकैया पुल बिगत ८-१० वर्ष देखि यसरी हल्लिन थालेको निजगढका स्थानीय रामप्रसाद अधिकारी बताउछन् ।
यही राजमार्गको निजगढ—पथलैया सडकमा रहेको दुधौरा पुलको दुई पटक पिल्लर भासिइसकेको छ ।

करिब ४० वर्ष अघि तत्कालिन सोभियत संघ रुसको सहयोगमा निर्माण गरिएको यी सडक, पुलहरु नेपाल सरकारले बेलैमा चाँसोका साथ मर्मत सम्भार गरेको पाईदैन् । पुलको भार वहान क्षमता भन्दा अत्याधिक ओभर लोड राखेर माल बाहक सवारीका साधन गुडाउँने र पुल भरी नै यसरी एकै पटक सवारी साधनहरु ओहोर दोहोर गर्नाले पुल जोखिममा पर्दै आएको हो ।

शुरुका वर्ष ६ चक्काबाट १० चक्का, १२ चक्का, १४ चक्का हुँदै १८ चक्का, २४ चक्का भएका माल बहाक सवारीका साधनसँगै अत्याधिक लोड राखेर सावारी साधन र टिपरहरु गुडे पछि पुल र सडकको अवस्था कमजोर बन्दै गएको हो । अत्याधिक भार वहान रोक्न र सुधार गर्न राज्यले बेलैमा चाँसो न देखाउँदा अहिले पुल र सडक जीर्ण हुँदै गएका छन् ।

त्यसै गरि डिभिजन सडक कार्यालयले सडकमा रहेको खाल्टा खुल्टी एका तिरबाट टाल्दै गए पनि अर्को तिरबाट भत्किदै जान थालेको छ । कमजोर गुणस्तरको सामाग्री प्रयोगले यस्तो समस्या आएको  हो ।

सडकमा प्रयोग गर्ने गिट्टीमा माटो मिसिए पनि प्रयोग गर्दा यस्तो समस्या दोहोरीएको छ । सडक कार्यालय प्रत्येक वर्ष यसरी नैं सडक टाल्दै आई रहेका छन् । समय छँदै सम्बन्धित निकायले ध्यान नदिने हो भने भिषण दुर्घटनाका साथै सडक पूर्णतया अवरोध हुने देखिएको छ ।


भिडियो रिपोर्ट :

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै