• २०८१ बैशाख १३ बिहीबार

रुपन्देहीमा अज्ञात समूहको गोली लागेर एक जनाको मृत्यु

kharibot

रुपन्देही । रुपन्देहीको रोहिणी गाउँपालिका-३ मा अज्ञात समूहको गोली लागेर एक जनाको मृत्यु भएको छ ।

आइतबार दिउँसो अज्ञात व्यक्तिको गोली लागेर ओमसटिया ४ का ४० वर्षीय महेन्द्र कुर्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

लु ९ प ८२३५ नम्बरको मोटरसाइकलमा रहेका कुर्मी गोली कसले र किन चलायो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । तर, स्थानीयले भने कुर्मी बैंकबाट रकम निकालेर आउँदै गर्दा बाइकमा आएको डाकाको समूहले गोली हानेको दाबी गरेका छन् । उनीहरुले कुर्मीसँग भएको रकम पनि लुटेको स्थानीयको बताएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै