• २०८१ बैशाख ७ शुक्रबार

बाँके घटनामा काँग्रेसद्वारा राष्ट्रिय सभा पनि अवरोध  

kharibot

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बाँके घटनालाई लिएर राष्ट्रिय सभा पनि अवरोध गरेको छ ।

आज बसेको बैठकमा बाँके घटना बारे गृहमन्त्री रामबहादुर थापाले जानकारी दिएका थिए । गृहमन्त्री थापाले सरकारले यस घटनालाई राजनीतिक घटनाको रुपमा नहेरेको बताउदै यो घटना अपराधिक घटना भएको र घटनामा संलग्नलाई कारवाही गरिने बताए ।

गृहमन्त्रीको जवाफपछि काँग्रेसका सांसद राधेश्याम अधिकारीले अहिले पनि प्रहरीले किटानी जाहेरी दर्ता नगरेको बताउदै किटानी जाहेरी दर्ता नभएसम्म संसद चल्न नदिने बताएका थिए ।

काँग्रेसले लगातार संसदमा उठेर अवरोध गरेपछि सभा अध्यक्षले आधा घण्टाका लागि बैठक स्थगित गरेका छन् ।

यस अघि आजै प्रतिनिधि सभाको बैठक समेत यसै प्रकरणमा काँग्रेस 

गत विहिबार काँग्रेसको दोस्रो चरणको जनजागरण अभियान अन्तर्गत बाँकेको खजुरा गाउँपालिका–२ सितापुरमा कार्यक्रम गरिरहेका बेला हलभित्रै प्रवेश गरी नेकपाका कार्यकर्ताले आक्रमण गर्दा कांग्रेस बाँकेकी सभापति किरण कोईरालाको बायाँ हात (फ्याक्चर) भाँचिएको थियो ।
   
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै