• २०८१ बैशाख १३ बिहीबार

साताको पहिलो दिन नै १७ अंक घट्यो नेप्से 

kharibot

काठमाडौं । साताको पहिलो कारोबार दिन आईतबार नै नेप्से उच्च अंकले घटेको छ । नेप्से १७ दशमलव ८७ अंकले घटेर ११ सय ४० दशमलव शून्य एक विन्दुुमा झर्दा सेन्सिटिभ पनि तीन दशमलव ७९ अंकले घटेर दुुई सय ५० दशमलव एक विन्दुुमा झरेको छ । 

एक सय ६२ कम्पनीहरुको सात हजार दुुई सय ३९ वटा कारोबारमा १० लाख ९० हजार दुई सय १८ कित्ता सेयर खरिद विक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिद विक्री हुंदा कारोबार रकम २८ करोड ८० लाख ९९ हजार नौ सय १२ रुपैयाँ पुुगेको छ ।  

नेप्सेमा आज ११ वटा समूहको कारोबार हुुंदा ११ वटै समूहको सूचक घटेर नेप्से पुरै रातो भएको छ । यि मध्ये बाँणिज्य बैंक समूहको सुुचक १९ दशमलव ६९ अंकले घटेर एक हजार ४६ दशमलव ५० विन्दुुमा झर्दा बिकास बैंक समूहको सूचक १५ दशमलव २९ अंकले घटेर १५ सय ४९ दशमलव ५१ विन्दुुमा झरेको छ । 

जलविद्युुत् समूहको सूचक पनि १६ दशमलव ७४ अंकले घटेर नौ सय ३८ दशमलव ७९ विन्दुुमा झर्दा निर्जिवन बीमा समूहको सूचक पनि ५८ दशमलव २५ अंकले घटेर चार हजार तीन सय ४९ दशमलव पाँच विन्दुुमा झरेको छ । 

यसैगरी जीवन बीमा, होटल, फाइनान्स, लघुवित्त, उत्पादनमूलक, अन्य र सामूहिक लगानी कोष समूहको सूचक पनि घटेका छन् । 

आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको रिलायन्स फाइनान्सको प्रतिकित्ता सेयर मूल्य तीन रुपैयाँ ५१ पैसाले बढेर एक सय १८ रुपैयाँमा कारोबार भएको छ भने बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको गणपती माइक्रो फाइनान्सको प्रतिकित्ता सेयर मूल्य आठ रुपैयाँ ३८ पैसाले घटेर चार सय ४८ रुपैयाँमा कारोबार भएको छ । 

यसैगरी बढी रकम कारोबारका आधारमा पहिलो स्थानमा परेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सात सय ६९ रुपैयाँ अन्तिम मुल्यमा एक करोड ८२ लाख ५२ हजार तीन सय ६८ रुपैयाँको कारोबार भएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै